र्‍याप ब्याटल शो ‘ब्याटल भूमि’को शुभारम्भ

<span class='c1'>र्‍याप ब्याटल शो</span> <span class='c2'>‘ब्याटल भूमि’को शुभारम्भ</span>

काठमाडौं । ‘नेपहपको श्रीपेच–२’ को सफलता सँगै निर्माता टोलीले ‘ब्याटल भूमि’ नामक नयाँ र्‍याप ब्याटल शोको डिजिटल अडिसन शुभारम्भ गरिएको घोषणा गरेका छन् ।

मंगलबार बालुवाटारको नेपाल हाउसमा सम्पन्न पत्रकार सम्मेलनमा उक्त कार्यक्रमको औपचारिक घोषणा गरिएको हो ।

डिजिटल तथा फिजिकल दुवै माध्यमबाट अडिसन लिइने ‘ब्याटल भूमि’मा सहभागी हुनका लागि बेभसाइडमार्फत प्रतियोगीले आफ्नो प्रस्तुतिको भिडियो अपलोड गर्न सक्नेछन् । त्यसपछि प्राप्त अडिसन मध्ये उत्कृष्ट ६४ प्रतियोगी चयन गरिनेछन् र छनोट गरिएका सहभागीहरूले जज राउन्डमा प्रतिस्पर्धा गर्नेछन् । डिजिटल अडिसनको लागि बिट श्रीपेच स्टुडियोको युट्युब च्यानलबाट डाउनलोड गर्न सकिनेछ भने कपि राइट फ्री बिटमा पनि भिडियो बनाएर पठाउन सकिनेछ । विजेताले नगद रु पाँच लाख रुपैयाँ तथा विभिन्न ब्रान्ड इन्ड्रोसमेन्टका अवसरहरू प्राप्त गर्नेछन् ।

निर्माता सुदिप पोखरेलले नेपाली समाजमा र्‍याप र हिपहपको बढ्दो लोकप्रियतालाई मध्य नजर गर्दै यो कार्यक्रमको सुरुवात गरेको बताएका छन् ।
ब्याटल भूमिको निर्देशकमा बिक्रम खनाल रहने छन् भने शो को कार्यकारी निर्माताको रूपमा आदर्श विष्ट रहेका छन् ।
कार्यक्रमको मुख्य निर्णायकमा मानस घले रहनेछन् भने उनलाई विभिन्न एपिसोडमा गेस्ट जजले पनि साथ दिनेछन् । साथै ‘नेपहपको श्रीपेच–२’ का उत्कृष्ट प्रतियोगी मनिष ढकाल मेकलाई कार्यक्रम संचालकको भूमिकामा देख्न पाइनेछ । कार्यक्रमको मुख्य सहायक निर्देशकको रूपमा सुशान्त कटवाल रहेका छन् ।

दामी मिडियाको प्रस्तुति रहेको ब्याटल भूमिुको डिजिटल अडिसन पुस २६ गते सम्म खुल्ला रहनेछ । कार्यक्रमको डिजिटल पाट्र्नरको रूपमा ओयसआर रियालिटी र भोटिङ्ग पार्टनरको रूपमा एभेन्टोज रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्