विराटनगर बसपार्कबाट अवैध चाँदीसहित एकजना पक्राउ

<span class='c1'>विराटनगर बसपार्कबाट अवैध</span> <span class='c2'>चाँदीसहित एकजना पक्राउ</span>

विराटनगर । विराटनगर बसपार्कबाट अवैध चाँदीसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ प्रहरीको टोलिले सप्तरी राजविराज नगरपालिका वडा नं. २ घर भई हाल कटहरी गाउँपालिका २ बस्दै आएका ४० वर्षीय संजय स्वर्णकारललाई पक्राउ गरेको हो ।

बिराटनगर महानगरपालिका वसपार्कमा दक्षिणबाट उत्तरतर्फ आउदै गरेको को ०१–०२–०४८ प ७६६८ नम्बरको मोटरसाइकलमा चेकजाँच गर्दा एकलाख २८ हजार बराबरको चाँदी बरामद भएको थियो ।

चाँदीका गरगहना बरामद भएपछि उनी सवार मोटरसाइकलसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि भन्सार कार्यालय रानीमा बुझाईएको प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्