जनमत पार्टीले मनायो ‘धोती दिवस’ (फोटो फिचर)

<span class='c1'>जनमत पार्टीले मनायो ‘धोती</span> <span class='c2'>दिवस’ (फोटो फिचर)</span>

काठमाडौं । नयाँ वर्ष सन् २०२५ को अवसरमा जनमत पार्टीले धोती दिवस मनाएको छ ।

जनमत पार्टीका अध्यक्ष सीके राउत सहितका नेता कार्यकर्ताहरुले माइतीघर मण्डलामा भेला भएर धोती दिवस मनाएका हुन् ।

माइतीघर मण्डलामा भेला भएका अध्यक्ष राउतले आजको दिन एकल जातजातीले मात्र मनाउने भेषभुषा नभएको बताएका छन् । उनले आज सबैले आ –आफ्नो मौलिक भेषभुषा लगाउने, आफ्नो भाषा बोल्ने दिवस भएको बताएका हुन् । उनले भने, ‘यो एउटा रिमाइण्डर के हो भन्दा खेरी आज चाँही कुनै एउटा एकल जातजातीले मात्र मनाउने भेषभुषा दिवस होइन । सबैले आ-आफ्नो मौलिक भेषभुषा लगाउने, आफ्नो भाषा बोल्ने त्यो दिवस हो । सबैलाई सम्मानको रुपमा भन्नकै लागि कसैले टोपि त कसैले धोती लगाएका छन् ।’

उनले मौलिक संस्कृतिमा गर्व गर्ने हिसावले यो दिवस मनाएको भन्दै सबै नेपालीले संस्कृतिको रुपमा धोती दिवसलाई ग्रहण गर्न समेत आग्रह गरे ।

कार्यक्रममा सबैजना मधेशी समुदायले लगाउने धोती लगाएर सहभागी भएका थिए । उनीहरुले ‘धोती हाम्रो शान हो, मधेशीको पहिचान हो’, ‘मधेशी एकता जिन्दावाद’, ‘धोती भैया भनेर हेप्न पाइँदैन’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्