विराटनगरमा प्लाष्टिकजन्य वस्तु बालेर तापिँदा स्वास्थ्य जोखिम

<span class='c1'>विराटनगरमा प्लाष्टिकजन्य वस्तु बालेर</span> <span class='c2'>तापिँदा स्वास्थ्य जोखिम</span>

इन्दु साह
विराटनगर । विराटनगरमा केही दिनयता बढेको चिसोका कारण स्थानीयवासीले प्लाष्टिकजन्य वस्तु बालेर ताप्ने गरेका छन् ।

यस्तो बानीले स्वास्थ्यमा गम्भिर जोखिम निम्त्याउन सक्छ । प्लाष्टिक बाल्दा निस्कने विषाक्त धुवाँले श्वासप्रश्वास सम्बन्धी समस्या, फोक्सोका रोगहरू र दीर्घकालीन क्यान्सरको जोखिम बढाउन सक्छ ।

विशेषगरी बिहान र साँझको समयमा विराटनगरका विभिन्न स्थानमा मानिसहरू प्लाष्टिकजन्य वस्तु बालेर घुर ताप्ने गरेका छन् । साझ र विहानको समयमा बढि चिसो हुने भएकोले वरपरका व्यक्तिहरु एक ठाउँमा जम्मा हुने र गफ गर्दै आगो ताप्ने चलन छ । साथै बजार क्षेत्रमा भएका पसलका व्यवसायीहरुले समेत दिनभरी पसलबाट निस्किएका प्लाष्टिकहरुमा आगो बालेर ताप्ने गर्दछन् ।

चिसोबाट जोगिन केही क्षणको लागि राहत मिले पनि यसको दीर्घकालीन असर गम्भीर हुन सक्छ । प्लाष्टिक बाल्नुको साटो दाउरा वा कोइलाको प्रयोग गर्न, न्यानो कपडाको प्रयोग गर्न र घरभित्र तातो पेय पदार्थको सेवन गर्नु उपयुक्त हुन्छ । जनस्वास्थ्य र वातावरण दुवैको दृष्टिकोणले प्लाष्टिक बाल्नु अत्यन्त हानिकारक छ । विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख डाक्टर दिलिप यादवका अनुसार प्लाष्टिक बाल्दा कार्वन मनोअक्साईड ग्यास उत्पादन हुने भएकोले यो हानिकारक हुन्छ ।

उनले प्लाष्टिकजन्य वस्तु आगो नबाल्न आग्रह गरेको छ । विराटनगरका वडाहरु मार्फत यसरी प्लाष्टिक जन्य वस्तु नबाल्न सचेतनामुलक कार्यक्रम गर्ने योजना रहेको बताएका छन् । यसरी प्लाष्टिकजन्य वस्तुको प्रयाग गर्दा यसको धुँवाले मानव स्वास्थ्यबमा दिर्घकालीन रोग निम्त्याउने बताए । फोक्सोका रोगहरू र दीर्घकालीन क्यान्सरको जोखिम हुनसक्ने उनको भनाई छ । तर चिसो बढ्दै गएकोले यो समस्या कायमै रहने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्