विराटनगरको बुढानीलकण्ठ स्कुलका विद्यार्थीले मनाए राष्ट्रिय टोपी दिवस

<span class='c1'>विराटनगरको बुढानीलकण्ठ स्कुलका विद्यार्थीले</span> <span class='c2'>मनाए राष्ट्रिय टोपी दिवस</span>

विराटनगर । स्कुलमा अध्ययरनत बालबालिकालाई पनि आफ्नो राष्ट्रिय ढाका टोपी दिवसको बारे जानकारी होस भन्ने उदेश्यसहित बुढानीलकण्ठ स्कुलले विविध सांस्कृतिक कार्यक्रम गरी राष्ट्रिय टोपी दिवस मनाएको छ।

आज जनवरी १ तारिख अग्रेजी महिनाको नयाँ बर्षसँगै नेपालमा ११ बर्ष अगाडीदेखी राष्ट्रिय टोपी दिवश मनाउन थालेको हो ।

यसैबिच विराटनगर २ स्थित सोमबारेमा रहेको बुढानीलकण्ठ स्कुलले बुधबार एक भव्य कार्यक्रम गरी राष्ट्रिय ढाका टोपी दिवस मनाएको छ । स्कुल परिसरमा आयोजित कार्यक्रममा दौरासुरुवाल, नेपाली ढाका टोपी, गन्यु चोली तथा विभिन्न जातजातीका जातिय पोसाकमा सजिएर विद्यार्थीहरु सहभागी भएका थिए । विद्यार्थीहरुले नेपाली राष्ट्रिय झन्डा फरफराउदै देशभक्ती गानाहरुमा नाचगान प्रस्तुत गरि सहभागी शिक्षक शिक्षिका तथा अभिभावक विद्यार्थीहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । साथै नेपाली टोपीको सन्देश मुलक विद्यार्थीहरुले नाटक प्रस्तुत गरेका थिए । साथै स्कुलले विद्यार्थीहरुलाई नगरपरिक्रमा समेत गराएको छ ।

नेपाली टोपी बारे आर्कषित विभिन्न नारा लेखिएका प्ले कार्ड बोकेर विद्यार्थीहरु र्यालीमा सहभागी भएका थिए । ढाका टोपी नेपालीको सान , नेपाली पहिचान, मेरो टोपी हिमालको शिर जस्तो, पहाडको भिर जस्तो , तराईको फेद जस्तो , म हिड्छु नेपाली सस्कृति बोकी मेरो शिरमा छ नेपाली ढाका टोपी जस्ता प्ले कार्ड बोकेर र्यालीमा विद्यार्थीहरु सहभागि भएका थिए । स्कुलका विद्यार्थीहरुलाई पढाईका अतिरिक्त आफ्नो नेपाली पोसाकका बारेमा जानकारी होस तथा नेपाली ढाका टोपीको महत्व बारे बुझ्न सकुन भनेर हरेक बर्ष राष्ट्रिय टोपी दिवस मनाउदै आएको स्कुलका प्रिन्सिपल मनिराज भट्टराईले जानकारी दिनुभयो ।

स्कुलले विविध सास्कृति कार्यक्रम गरी विगत ९ बर्षदेखी राष्ट्रिय टोपी दिवसलाई पर्वको रुपमा मनाईदै आएको प्रिन्सीपल भट्टराईले बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्