काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ ।
१ बजेर २ मिनेटमा काठमाडौं आसपासमा भूकम्पको धक्का महसुस गरिएको हो ।
सिन्धुपाल्चोकको माझीटार केन्द्रबिन्दु भएर ४.८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।केन्द्रका अनुसार भूकम्पको धक्का सिन्धुपाल्चोकसहित काभ्रे, नुवाकोट, धादिदङ र उपत्यकाका तीन जिल्ला र आसपासमा महसुस गरिएको थियो ।