विराटनगरमा ट्राफिक लाइट नियम उल्लंघन गर्ने बढ्दै

<span class='c1'>विराटनगरमा ट्राफिक लाइट नियम</span> <span class='c2'>उल्लंघन गर्ने बढ्दै</span>

इन्दु साह
विराटनगर। विराटनगरमा ट्राफिक लाइट जडान भएको चार महिना बित्दा पनि चालकहरूले नियमको पालना नगरेको पाइएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार हालसम्म ८८६ जना सवारी चालकहरू कारबाहीमा परेका छन्।

कार्यालयका प्रमुख राजन लम्सालका अनुसार लेन अनुशासन र ट्राफिक इसाराको पालना नगर्ने चालकहरूलाई कारबाही गरिएको छ। दैनिक औसतमा २० जनासम्म चालक कारबाहीमा पर्ने गरेका छन्। प्रति व्यक्ति ५०० रुपैयाँ जरिवाना लगाइएको छ। हालसम्म करिब ४ लाख ४३ हजार रुपैयाँ जरिवाना असुल भएको कार्यालयले जनाएको छ।

विराटनगर महानगरपालिकाले रोडशेष, जलजला चौक, तिनपैनी, कंचनबारी र घास चौकमा तथा कोशी प्रदेश सरकारले बरगाछी चौकमा ट्राफिक लाइट जडान गरेको छ। दुर्घटना न्यूनीकरणका लागि जडान गरिएको लाइटबारे चालक तथा सर्वसाधारण अझै अन्योलमा रहेको पाइएको छ।

ट्राफिक प्रहरीका अनुसार महानगरभित्र दैनिक ९५ हजार सवारी साधन गुड्ने गर्छन्। बिहान ९ देखि ११ बजेसम्म र दिउँसो ३:३० देखि बेलुका ६ बजेसम्म सडक अत्यधिक व्यस्त हुने गरेको छ। यस समयमा लामो जाम र दुर्घटनाको जोखिम बढ्ने गरेको ट्राफिक प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्