लगानी प्राधिकरणको उल्झन छोडेर विराटनगर महानगरपालिका आफैं नगर बस सञ्चालनको तयारीमा

<span class='c1'>लगानी प्राधिकरणको उल्झन छोडेर विराटनगर महानगरपालिका</span> <span class='c2'>आफैं नगर बस सञ्चालनको तयारीमा</span>

विराटनगर । प्रदेश लगानी प्राधिकरणले विराटनगरमा नगर बस परियोजना आलटाल गरिदिएपछि त्यसको आलोचना महानगरपालिकाले खेप्दै आएको छ ।

लगानीकर्ता खोजेर ठिक्क पारेको भन्द्र रुट व्यवस्थापन समेत गराएपछि लामो समय कार्यान्वयन नहुदा विराटनगर महानगरपालिकाले उक्त योजना फिर्ता लिइएको छ ।

त्यति मात्रै हैन विराटनगर महानगरपालिका ९ मा बन्ने बहुतले व्यापारिक भवनको योजना समेत अब अलमलमा परेको संकेत महानगरपालिकाका प्रमुख नागेश कोइरालाले गरेका छन् । खासमा ऐनमै समस्या रहेका कारण निश्चित अवधीपछि त्यसको स्वामित्व कसले लिने भन्ने विषय लगानी प्राधिकरण, प्रदेश सरकार र स्थानीय तहबीच पेचिलो भएको छ । लगानी आकर्षित गर्न प्रदेश सरकारले लगानी सम्मेलनको तयारी गरिरहँदा छनौटमा परेको परियोजनाहरु कार्यान्वयनमा स्थानीय तह सन्तुन्ट बन्ने संभावना कम हुदै गएको छ ।

विराटनगरमा महानगरमा नगर बस सञ्चालनका लागि २०७९ फागुन २० गतेदेखि सार्वजानिक चर्चा सुरु भएको थियो । तर, लगानी प्राधिकरणमार्फत अनावश्वक उल्झन देखिएपछि त्यो अहिले महानगरपालिकाले फिर्ता लिएको छ । ‘फिर्ता नियौं योजना’ महानगरपालिकाका मेयर नागेश कोइरालाले भने–बेकारमा बस चलाईहाल्ने भनेर हामीलाई सार्वजानिक आलोचनाको पात्र बनाई दिए । उनले आगामी पुस २१ गते बस्ने नगरपरिषद्पछि महानगरपालिकाले लगानीकर्ता खोजेर यो काम आफैं बढाउने तयारी गर्ने बताए । हेर्दै गर्नु अब हामी आफैं यसलाई अगाडी बढाछौं, इटहरीले आफैं ग¥यो तर हामी पहल लिन्छौं, लगानीकर्ता अर्कै राख्छौं ।

उनका अनुसार पब्लिक प्राइभेट पार्टनरसीप अनुसार नगर बस सञ्चालनको प्रक्रिया थालिने छ । जुन कामका लागि लगानीकर्ता तयारी अवस्थामा छन् । उनले चालु आर्थिक वर्ष भित्रमा जसरी भएपनि चारवटा बस तोकिएको रुटमा चलाएरै छोड्ने योजना रहेको सुनाए । त्यसका लागि नगरपरिषद्सम्म पर्खनु परेर केहि ढिलाई भईसकेको उनको भनाई थियो । इटहरी उपमहानगरपालिकाले आफ्नै स्रोतले नगर बस सञ्चालन गरेर नगरमा सार्वजानिक यातायातको प्रयोग बढाउँदै अनावश्यक भीडलाई नियन्त्रण प्रयास गरिसकेको छ । प्रदेशको राजधानी विराटनगरले आफैं पहल नलिएर लगानी प्राधिकरणको मुख ताक्दा ढिलाई भईरहेको छ । अझै कतिपय कार्यक्रममा महानगरपालिकाका आलोचना गर्ने शिर्षक नै नगरबस बनेको छ ।

प्रदेश लगानी प्राधिकरणले विराटनगरमा नगर बसको परियोजना प्रस्ताव अगाडी सारेको थियो । त्यसमा महानगरपालिकाले निजी लगानीकर्तामार्फत नगर बस सञ्चालन गर्नका लागि रुट दिएको थियो । रुट अनुसार विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनेर प्रदेश लगानी प्राधिकरणमा पेस भएपछि त्यसको अध्ययन गर्दागर्दै यति लामो समयसम्म पर्खि सकेपछि महानगरपालिकाका जनप्रतिनिधि प्राधिकरणसँगै रुष्ट देखिन्छन् ।

यस अगाडी नगर बस सञ्चालनका लागि टंकीसिनुवारी–जोगबनी, हाटखोला–इक्राही, मिलनचौक–बुधनगर, दरैया–मिलनचौक रुट तय भएका थिए । त्यसैलाई बेस बनाएर महानगरपालिकाले बस चलाउने गरी तयारी गरिरहेको हो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्