विराटनगरको हाटखोला मैदानमा पुस २० गते ‘कुमा सागर एण्ड ख्वाप’ को साँगीतिक प्रस्तुति हुँदै

<span class='c1'>विराटनगरको हाटखोला मैदानमा पुस २० गते ‘कुमा</span> <span class='c2'>सागर एण्ड ख्वाप’ को साँगीतिक प्रस्तुति हुँदै</span>

विराटनगर । यही पुस २० शनिबार हाटखोलाको खेल मैदानमा हुने लागेको भव्य साँगीतिक कार्यक्रमको लागि आयोजकले टिमले यतिखेर तयारीको लागि तिव्र रुपमा अगाडी बढाईरहेको छ ।

अहिलेका युवा पुस्तामा निकै नै चर्चामा रहेका कुमा सागर एण्ड ‘द ख्वाप’ व्याण्ड विराटनगरमा पहिलोपटक साँगीतिक कार्यक्रम गर्नको लागि शुक्रबार नै विराटनगर आउँदैछन् ।

हाटखोलाको खेल मैदान

भर्खरै सुरु भएको अंग्रेजी नयाँ वर्ष ‘२०२५’ लक्षित पुष २० गते शनिबार ४ बजेदेखी हाटखोला खेल मैदानमा ऐतिहासिक साँगीतिक कार्यक्रम हुन लागेको छ । विराटनगरमा पहिलोपटक आउन लागेका कुमा सागरको पखाईमा उनका शुभचिन्तहरु निकै नै उत्साहित छन् । विराटनगरकी स्नेहा देवकोटा २० गतेको लागि निकै नै एक्साईटेड छिन् । कार्यक्रममा साथीहरुसँग आएर कुमा सागरलाई साथ दिन पनि अरुलाई आग्रह गरिन ।

स्नेहा देवकोटा

विराटनगरमा विगत लामो समयदेखी विभिन्न साँगीतिक कार्यक्रमको गर्दै आएको मन्जिना मुभिज क्रिएशन र भाइरल ईभेन्ट तथा विराटनगरका युवा पुस्ता मिलेर कुमा सागरको साँगीतिक कार्यक्रमको लागि रातदिन जुटिरहेका छन् । अहिले हाटखोलामा कार्यक्रमको लागि स्टेज बनाउने कार्य धमाधम भईरहेको छ ।

पहिलोपटक विराटनगर आउन लागेका कुमा सागर एण्ड ख्वाप व्याण्डसँगै यहाँको शब्दजाल, शुभम न्यौपानेको टिमले साँगितिक प्रस्तुति दिने तयारी रहेको आयोजक टिमका जतिन ताम्राकारले जानकारी दिए । कार्यक्रममा सहभागी हुन हाटखोलाको मैदानबाट ताम्राकारले चुले निम्तो दिएका छन् ।

विराटनगर कोशी प्रदेशका राजधानी भएका कारण पनि बेला बेलामा यस्ता साँगीतिक कार्यक्रमहरु हुन आवश्यक रहेको भर्खरै मात्र विराटनगरमा एउटा ग्राण्ड साँगितिक कार्यक्रम सफलता साथ सम्पन्न गरेका लाईभ ईन्टरटेडमेन्टका निर्देशक सन्तोस महत सेन्ट्रोको भनाई छ ।

लाईभ ईन्टरटेडमेन्टका निर्देशक सन्तोस महत सेन्ट्रो

यता कुमा सागरको प्रस्तुतिसँगै आफुहरुको पनि साँगितिक प्रस्तुति रहेका कारण कार्यक्रमलाई भव्य र सव्य बनाईदिनको लागि विराटनगरका युवा गायक सुभम न्यौपानेले आग्रह गरे ।

कार्यक्रमको लागि टिकटहरु पनि अहिले धमाधम विक्री भईहेको आयोजकले जनाएका छ । भिआइपी टिकट १ हजार साथ स्न्याक, २ सय र डोर सेल ३ सय रुपैया रहेको छ । हाल टिकट बुकिङ्गको लागि विराटनगरको विभिन्न होटल तथा क्याफे रेष्टुरेन्ट लगायत विराटनगरका विभिन्न स्थानहरुमा टिकट उपलब्ध रहेको आयोजकले जनाएको छ ।

कुमा सागरको लोक भाकाका गित तथा भजनहरुसँगै अहिलेको चर्चामा रहेको ‘हावाको लहर सँगै , ओ चम्पा , ‘जाने भए जाउ’ भन्ने बोलको गितहरु नै चर्चित छन् । त्यो सँगै उनको व्याण्डले अर्नानिक लोक व्याण्ड बाजामा साँगितिक प्रस्तुति गर्दै आएको छ । नेवार संस्कृतिको थलो ख्वप (भक्तपुर) मा जन्मेर हुर्केका कुुमको मौलिक नेवारी लवजका कारण पनि उनको भिन्न स्वरले सबैलाई आर्कषित पारेको छ । उनको विराटनगरमा पहिलोपटक साँगितिक कार्यक्रम हुन लागेका कारण पनि दर्शकहरु बाक्लो साहभागिता हुने आयोजकले अपेक्षा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्