विराटनगर । ग्लोबल आइएमई बैंक विराटनगरले आफ्नो १८ औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
बैंकको प्रदेश कार्यालयको आयोजनामा विराटनगरको तीनपैनी शाखामा आयोजित कार्यक्रममा बैंकका कर्मचारी तथा सेवाग्राहीहरूसहित ३५ जनाले रक्तदान गरेका थिए। उक्त कार्यक्रममा बैंकका कर्मचारी तथा सेवाग्राहीहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।
बैंकका कर्मचारी तथा सेवाग्राहीहरूबाट उत्साहजनक सहभागितालाई कार्यक्रमले सफलता प्राप्त गरेको बैंकका कोशी प्रदेश प्रमुख सुलभ हरी जोशीले बताए । रक्तदान कार्यक्रमले रगतको अभाव पूर्ति गर्न र समाजमा सकारात्मक सन्देश फैलाउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।
सातै प्रदेशमा आयोजना गरेको रक्तदान कार्यक्रममा ७६७ जनाले रक्तदान गरेका बैंकले जनाएको छ।
मानवीय सेवा तथा सामाजिक कार्यहरूमा आफूलाई प्रतिबद्ध बनाउँदै ग्लोबल आइएमई बैंकले यस्ता कार्यक्रमहरू निरन्तर गर्दै आएको बताइएको छ।