विराटनगर १८ ले जाडोमा दाउरा तपाउन राखेको बजेट विद्यार्थीको न्यानो कपडामा खर्चने

<span class='c1'>विराटनगर १८ ले जाडोमा दाउरा तपाउन</span> <span class='c2'>राखेको बजेट विद्यार्थीको न्यानो कपडामा खर्चने</span>

इन्दु साह
विराटनगर । विराटनगर महानगरपालिका वडा नं. १८ ले जाडोमा आगो ताप्नका लागि दाउरा खरिद गर्न छुट्याइएको बजेटलाई विद्यार्थीहरूको न्यानो कपडा खरिदमा रुपान्तरण गरेको छ ।

वडाले पहिले जाडोयाममा विद्यार्थीहरूलाई स्वीटर वितरणका लागि २ लाख रुपैयाँ छुट्याएको थियो। तर वडामा रहेका पाँच वटा सामुदायिक विद्यालयका करिब एक हजार विद्यार्थीहरूलाई ट्र्याकसुट वितरण गर्न यो बजेट अपुग भएपछि दाउरा दाउरा शिर्षकको बजेट रकामान्तर गरेर कपडा खरिद गर्ने भएको हो ।

वडा अध्यक्ष जितेन्द्र साहका अनुसार दाउरा वितरण कार्यक्रम दीर्घकालीन समाधान नभएकोले यो बजेटलाई विद्यार्थीहरूको हितमा प्रयोग गर्न लागिएको हो। यस वडाका धेरै विद्यार्थीहरू निम्न वर्गीय परिवारबाट आउँछन् र उनीहरूलाई जाडोमा न्यानो कपडाको अभाव छ वडा अध्यक्ष साहले भने । वडाले केही दिन अघि विद्यार्थीहरूको तथ्याङ्क संकलन गरिसकेको छ । २१ गते परिषदबाट संशोधन गरेर छिट्टै ट्र्याकसुट वितरण गरिने जनाइएको छ।

यस कार्यक्रमबाट वडाका सबै सामुदायिक विद्यालयका विद्यार्थीहरूले ट्र्याकसुट प्राप्त गर्नेछन्। सार्वजानिक स्थलमा दाउरा वितरण गर्दा केहि नागरीकलाई क्षणीक न्यानो हुन्छ। । तर यसरी विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरीदा उनीहरुलाई चिसोमा विद्यालय आउन सहज हुनुको साथै स्वाथ्य समेत राम्रो रहने बुझाईमा वडा कार्यपालिका पुगेको हो ।

विराटनगर १८ मा विद्यार्थीहरु न्यानो कपडा समेत लगाउन सक्ने आर्थिक अवस्था नभएका परिवारका रहेका छन् । सुरुमा बजेट विनियोजन गर्दा उक्त वडाका केहि निम्न वर्गीय परीवारका विद्यार्थीको लागि मात्र भनेर २ लाख राखेको थियो । वडा अध्यक्षले भने वडामा भएका सबै सामुदायिक विद्यालयका सम्पूर्ण विद्यार्थीलाई नै कपडा वितरण गरे उनीहरुको पढाई प्रति हौसला थप बढेर जाने देखियो ।

आधा मात्रै विद्यार्थीलाई वितरण गर्दा विभेद गरिएको महसुस हुनसक्ने उनको बुझाई छ । चिसो बढेसंगै उक्त वडाका विद्यालयमा विद्यार्थीको उपस्थित समेत कम देखिन थालेको छ । अध्यक्षको भनाई अनुसार चिसो बढेसंगै विद्यार्थीहरु न्यानो कपडा अभावका कारण विद्यालय नआउने गरेका हुन् । विद्यार्थीका यावत समस्या बुझेर दाउराको बजेट विद्यार्थीमा लगानी गर्ने याजना रहेको साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्