विराटनगर । विराटनगर महानगरपालिकाको समन्वयमा कुमारी बैंकले "देशै भरि बर्षै भरि" उद्यमशिलता विकास एवं प्रवर्द्धन अभियान अन्तर्गत उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
कुमारी बैंक लिमिटेड, कोशी प्रदेश कार्यालयका प्रदेश प्रमुख मनिष श्रेष्ठको प्रशिक्षणमा सम्पन्न भएको यो कार्यक्रम युएसएडसँगको साझेदारीमा आयोजना गरिएको थियो।
बैंकले वित्तीय ज्ञान, सीप, मनोवृत्ति तथा व्यवहार विकासबाट मात्रै व्यवहारिक रूपमा उद्यमशीलता प्रवर्द्धन हुने विश्वास राखेको छ।
यस अभियान अन्तर्गत बैंकले वित्तीय उद्यमी प्रशिक्षण, वित्तीय साक्षरता पुस्तिका, कुमारीजी एप, तथा राष्ट्रियस्तरका कलाकारहरुको अभिनय सहितका सन्देशमूलक भिडियोहरु नियमित रूपमा प्रकाशन तथा प्रसारण गर्दै आएको छ।
२३ वर्षदेखि बैंकिङ्ग क्षेत्रमा सक्रिय कुमारी बैंकले हाल देशभर ३०२ शाखा, ३१५ एटिएम, ५० एक्सटेन्सन काउन्टर र ५७ शाखारहित बैंकिङ्ग इकाईमार्फत सेवा प्रदान गर्दै आएको छ। बैंकले आगामी दिनमा पनि थप सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।