महोत्तरीको बर्दिवास नगरपालिकामा फोहोर प्रशोधन केन्द्र स्थापना

<span class='c1'>महोत्तरीको बर्दिवास नगरपालिकामा फोहोर</span> <span class='c2'>प्रशोधन केन्द्र स्थापना</span>

जलेश्वर (महोत्तरी) । यहाँको बर्दिवास नगरपालिकामा फोहोर प्रशोधन केन्द्र स्थापना गरिएको छ ।

नगरमा दैनिक उत्पादन हुने फोहर व्यवस्थापन गर्न नगरपालिकाले फोहोर प्रशोधन केन्द्र स्थापना गरिएको हो । केन्द्र स्थापनासँगै फोहोर व्यस्थापनमा सहज भएपछि नगरवासी खुसी भएको बर्दिवास नगरपालिका–३ का स्थानीय मनोज थापाले बताउनुभयो ।

यसअघि फोहोर यत्रतत्र फालिँदा दुर्गन्धित हुनुका साथै विभिन्न रोग फैलिने सम्भावना रहेको थियो । हाल केन्द्र स्थापना भएपछि नगर सफा हुन थालेको बर्दिवास नगरपालिका–१४ का निकेश खनालले बताउनुभयो ।

बर्दिवास नगरपालिकाले हिट्टा हेब्वी मेशिनरी एण्ड रिसाइकल प्रालिको सहयोगमा बर्दिवास नगरपालिका–८ मा जापानिज प्रविधिको फोहोर प्रशोधन केन्द्रको स्थापना गरिएको हो ।

नगरपालिकाले उक्त कम्पनी सँग रु एक करोड २० लाखमा २० वर्षको सम्झौता गरेको छ । नगरपालिकाले पूर्वाधार तयार गरिदिएको बर्दिवास नगरपालिका प्रमुख प्रल्हादकुमार क्षेत्रीले बताउनुभयो ।

सामान्य घर परिवारबाट रु ५० र होटल रेस्टुरेण्टबाट फोहोरको परिमाणअनुसार बढीमा रु तीन हजार मासिक शुल्क लिने गरेको फोहर प्रशोधन केन्द्रका प्रबन्धक सुरेन्द्र साहले जानकारी दिनुभयो ।

हाल दैनिक छ टन फोहोर प्रशोधन केन्द्रमा जलाउन थालेको र यसले नगरभित्रका फोहोर व्यवस्थापनमा सहज भएको बर्दिवास नगरपालिकाका प्रमुख प्रल्हादकुमार क्षेत्रीले बताउनुभयो ।

फोहोर प्रशोधन केन्द्र यही पुस ५ गतेबाट सञ्चालनमा ल्याइएको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्