झापामा भारतीय स्कोरपिओको ठक्करबाट एक जनाको मृत्यु

<span class='c1'>झापामा भारतीय स्कोरपिओको ठक्करबाट</span> <span class='c2'>एक जनाको मृत्यु</span>

झापा । झापामा भारतीय नम्बर प्लेटको स्कोरपिओ गाडीको ठक्करबाट शनिबार राति एक जनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मेचीनगर नगरपालिका–६ मा डब्लुबी ७४ बीएन ६८८५ नम्बरको गाडीले पैदलयात्री महिलालाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परेर मेचीनगर–६ की अन्दाजी ५८ वर्षीया माला थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

थापालाई बाटो क्रस गर्दै गर्दा साँझ ५ः३० बजेतिर स्कोरपिओले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि बिर्तासीटी अस्पताल लगियो । उपचारकै क्रममा राति १०ः३५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्कोरपिओ चालक भारतको पानीट्यांकी बस्ने २१ वर्षीय विकाश विष्टलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । पैदलयात्री महिलाले बाटो काट्ने क्रममा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्