माओवादीको केन्द्रीय समिति बैठकको तयारी पूरा

<span class='c1'>माओवादीको केन्द्रीय समिति</span> <span class='c2'>बैठकको तयारी पूरा</span>

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा केन्द्रीय समितिको बैठकका एजेन्डबारे छलफल भएको छ ।

आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले दिउँसो १ बजे धुम्बाराहीमा बस्ने केन्द्रीय समितिको बैठकलाई व्यवस्थति, प्रभावकारी र र सार्थक उपलब्धीमुलक बनाउने कुरामा छलफल केन्द्रीत रहेको प्रवक्ता अग्नीप्रसाद सापकोटोले जानकारी दिए ।

उनले भने,‘आज दिउँसो १ बजेदेखि धुम्बाराहीमा बस्ने केन्द्रीय समितिको बैठकलाई व्यवस्थति प्रभावकारी र सार्थक उपलब्धीमुलक बनाउने कुरामा छलफल गरेको छ ।’ उनका अनुसार केन्द्रीय समितिको बैठक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदघाटन गर्दै समसामयिक परिस्थिति बारे ब्रिफिङ गर्नेछन् । त्यसपछि प्रदेश अध्यक्षहरुले रिर्पोटिङ गर्नेछन् । प्रदेश अध्यक्षको रिर्पोटिङ सकिएपछि प्रचण्डले राजनीतिक प्रस्ताव पेस गर्नेछन् ।

उनले भने,‘अध्यक्षले बैठकको उद्घाटन गर्नुहुने छ । उद्घाटनका क्रममा नै उहाँले अहिलेको समसामहिक परिस्थितिबारे ब्रिफिङ गर्नुहुन्छ । त्यसपछि प्रदेशका सबै अध्यक्षहरुले रिर्पोटिङ गर्नुहुने छ । त्यो सकिएपछि अध्यक्षले राजनीतिक प्रस्ताव पेस गर्नुहुने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्