भूकम्पको डिटेल एसेसमेन्ट विपद् राष्ट्रिय परिषद्को बैठकमा प्रस्तुत गरिने

<span class='c1'>भूकम्पको डिटेल एसेसमेन्ट विपद् राष्ट्रिय</span> <span class='c2'>परिषद्को बैठकमा प्रस्तुत गरिने</span>

काठमाडौं । गृहमन्त्री रमेश लेखकले जाजरकोटमा गएको भूकम्पले गरेको हानी नोक्सानीका बारेमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २८ औँ बैठकमा छलफल गरिएको बताएका छन् ।

समितिको २८ औँ बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री लेखकले भूकम्पले क्षति पुर्याएको ठाउँमा पूनर्निर्माण गर्नको लागि आवश्यक कानूनी र आर्थिक विषयमा बैठकमा छलफल भएको बताएका हुन् ।

उनले भने, ‘आज साझ ७ बजे विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक सम्मानीय प्रधानमन्त्रीको अध्यक्षतामा बालुवाटारमा बस्छ । तर आज(आइतबार) खास गरेर डोटी, बझाङमा भूकम्प गएको त्यसपछि जाजरकोटको भूकम्पले .गरेको हानी, नोक्सानी र पछिल्लो पटक बाढी पहिरोका कारणले भएको विपद्का बारेमा जहाँ डिडिए गर्नुपर्ने हो त्यो काम प्रारम्भ गर्ने, जुन ठाउँमा डिडिएको काम भइसकेको छ त्यहाँ पूर्ननिर्माणको काम प्रारम्भ गर्ने गरेर मापदण्ड केही समय अगाडि मन्त्रिपरिषद्बाट पारित भइसकेको छ । त्यस सम्बन्धि कार्यविधि पनि पारित गरेका छौं । अब जाजरकोट भूकम्पको डिडिए गर्ने काम र डिटेल एसेसमेन्ट गर्ने काम र डिडिए भइसकेको ठाउँमा पुनर्निर्माणका काम प्रारम्भ गर्नको लागि आवश्यक कानूनी र आर्थिक विषयमा आज निर्णय गरेका छौं । यहीँ कुरा विपद् राष्ट्रिय परिषद्को बैठकमा प्रस्तुत गर्छौ र राष्ट्रिय परिषद्को बैठकले निर्णय गरिसके पछाडि काम प्रारम्भ गर्छौं ।’

साथै उनले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा यस विषयमा छलफल हुने बताए । उनले जाजरकोट भूकम्पको डिडिए गर्ने काम र डिटेल एसेसमेन्ट गर्ने काम साथै डिडिए भइसकेको ठाउँमा पुनर्निर्माणको काम प्रारम्भ गर्नको लागि आवश्यक कानूनी र आर्थिक विषयमा निर्णय गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्