प्रेम देवान
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा पहिलोपटक साँगितीक कार्यक्रम गर्न आएका कुमा सागरको प्रस्तुतिमा विराटनगरका दर्शकहरु जाडो मौसमको कुनै प्रवाह नगरी झुमेका छन् । नेवारी लवजमा बोल्ने र फरक स्वरमा गाउने उनको विशेषताले पनि दर्शक तथा उनका फ्यानहरु आर्कषित हुने गरेका छन् । अग्रेजी महिनाको नयाँ बर्षको सन्र्दभ पारेर विराटनगरको मन्जिना मुभिज क्रिएशन र भाइरल ईभेन्ट तथा विराटनगरका युवा पुस्ता मिलेर कुमा सागरको साँगितिक कार्यक्रम विराटनगरमा शनिबारको लागि तय गरेका थिए ।
हाटखोला स्थित खेल मैदानमा शनिबार साँझ भएको कार्यक्रममा सागर एण्ड ख्वाप व्याण्डका टिमले हाटखोला मैदानमा आएका दर्शक तथा अतिथीहरुलाई भरपुर मनोरन्जन प्रदान गरेका थिए । युवा पुस्तामा लोकप्रिय रहेका कुमा सागर एण्ड ‘द ख्वाप’ व्याण्ड विराटनगरमा पहिलोपटक साँगितिक कार्यक्रम गर्नको लागि गत शुक्रबार नै विराटनगर आईपुगेका थिए ।
विराटनगर विमानस्थलमा कुमा सागर र उनको टिमलाई स्वागत गर्न विराटनगरका युवा संगितकर्मीहरुको टिम पुगेका थिए । मोरङको विराट चौक स्थित नेपालीका होटलमा बसेका उनीहरुले शनिबार साँझ गर्ने कार्यक्रमको लागि दिउसै आएर साउण्ड सिस्टम चेक गरेका थिए । आयोजकले कार्यक्रमको लागि यहाँका शब्दजाल व्याण्ड, शुभम न्यौपाने, त्यसैगरी विश्वजित, सन्देश सुवेदी, विक्रम बस्नेत र रोहन पौडेलले पनि आफ्नो प्रस्तुति गर्नको लागि समय दिएका थिए ।
झन्डै दुई घन्टा सम्म आफ्नो प्रस्तुति दिएका कुमा सागरले लोक भाकाका गित, विचविचमा भजनका लाईनहरु पस्किरहदाँ उपस्थित दर्शकहरुको क्रेजको हुटिङ्ग बर्षिएको थियो । त्यसैगरी उनको अहिलेको चर्चामा रहेको ‘हावाको लहर सँगै , ओ चम्पा , ‘जाने भए जाउ’ भन्ने बोलको गितहरु गाइरहदा त झन दर्शकहरु उनको भिडियो मोवाईलमा कैद गर्दै उनलाई हुटिङ्ग गर्दै साथ दिईरहेका थिए । साथै उनको कार्यक्रम भईरहदाँ फरक दृष्य त्यहाँ देखियो । उनका एक जना विराटनगरका शुभचिन्तक हिमान्शु अग्रवालले कुमा सागरलाई जोजोलोपा लेखिएको व्यानरमा भविष्यमा तपाईसँग गितार बजाउने सपना छ भन्ने देखेपछि सिधै कुमा सागरले स्टेजमा आफुलाई साथ दिन आग्रह गरे ।
अग्रवालले पनि खुशी व्यक्त गर्दै कुमा सागरलाई गीतार बजाएर साथ दिन भ्याए । सम्भवत कुमा सागर र अग्रावालको संगित यात्राको दौरानमा पहिलोपटक हुनुपर्छ यस्तो क्षण । खैर जे होस एउटा मारवडी समुदायमा भएर पनि यो आट र हिम्मत गरेका हिमान्सु अग्रावाललाई आगामी दिनको संगित यात्राको लागि शुभकामना । यस कार्यक्रमको अनलाईन मिडिया पर्टनरको रुपमा आवर विराटनगर रहेको थियो ।