सहकारीका विषयमा फिजाइएको हल्ला मिथ्या मात्र हुन् : मन्त्री अधिकारी

<span class='c1'>सहकारीका विषयमा फिजाइएको हल्ला मिथ्या</span> <span class='c2'>मात्र हुन् : मन्त्री अधिकारी</span>

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीका विषयमा फिजाइएको हल्ला मिथ्या मात्र हो भन्ने आधारमा जान आवश्यक रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको १७ औँ वार्षिक साधरण सभामा बोल्दै उनले अब सहकारी चाहिँदैन् भन्नेहरुलाई चुनौती दिनको लागि कृषिमा आधारित र जनताको जीवनस्तर उकास्ने ठाउँ भनेको सहकारी हो भन्ने महसुश गराउनेगरी काम गर्नुपर्ने बताए ।

उनले भने,‘अहिले सहकारीहरु एउटै खाले हुन् । सहकारी ठिक छैनन् । अब सहकारी चाहिँदैन् भन्ने एउटा तप्का छ । तीनिहरुलाई चुनौती दिनको लागि र सहकारी ठिक छन् ,वास्तबिक जनतासँग वा कृषिमा आधारित र भोलि जनताको जीवन स्तर उकास्ने ठाउँ भनेको सहकारी हो । किनभने सहकारीमा बचत जम्मा गर्छौं, त्यही परिचालन गर्छौं । अनि व्यवसाय निर्माण गछौं । त्यसकारण हामी सहकारीमा फिजाइएको हल्ला मिथ्या हो भन्ने आधारमा जान आवश्यक छ ।’

उनले सरकारले विभिन्न संघ संस्थाहरु र सहकारीलाई अपेक्षा गरे अनुसारको सहयोग गर्न नसकेको बताए । सबैले सरकारको मुख ताक्ने मात्र नभई आ–आफ्‌नो ठाउँबाट पनि पहल गर्नुपर्ने उनको भनाई छ । उनले भने,‘हाम्रो देशको आर्थिक स्थिति हेर्दा सरकारले विभिन्न संघ संस्थाहरु अथवा सहकारीलाई गर्ने सहयोगको बारेमा जति अपेक्षा छ, जति आवश्यकता छ । त्यो हुन सकेको छैन् । त्यसैले सरकारको मुख ताक्ने मात्र होइन् हामी सवल भएको छौं । हामीले पनि पहल गर्नुपर्छ ।’

उनले ऐन कानुनहरु पूरानै हुँदा पुराना कानुनहरुले अहिलेको अवस्थालाई सम्बोधन गर्न नसकेको गुनासो गरे । त्यस्तै उनले भूमीहिन जनताहरुलाई सरकारले वास्तबिक बसोबासका लागि जग्गा दिनुपर्ने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्