विराटनगरको नोबेल अस्पतालको निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार बढी लाभान्वित

<span class='c1'>विराटनगरको नोबेल अस्पतालको निःशुल्क स्वास्थ्य</span> <span class='c2'>शिविरबाट एक हजार बढी लाभान्वित</span>

विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले इलामको चुलाचुली गाउँपालिकामा सञ्चालन गरेको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा एक हजार भन्दा बढी स्थानीय बिरामीहरूले सेवा लिएका छन्।

पुष ८ गते सम्पन्न शिविरमा जाँच गरिएका बिरामीहरूमध्ये १०० जनालाई थप उपचारका लागि अस्पतालमा रेफर गरिएको नोबेल मेडिकल कलेजका मार्केटिङ अफिसर नविन दाहालले जानकारी दिए। उनका अनुसार रेफर गरिएकामध्ये ३० जना बिरामी सोही दिन अस्पताल पुगेका छन्। अस्पतालले रेफर गरिएका सबै बिरामीहरूलाई उपचार शुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था मिलाएको उनले बताए।

"हरेक क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने र कुनै पनि नागरिक रोगले थलिएर बस्नु नपरोस् भन्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो," दाहालले भने। रेफर गरिएका बिरामीहरूलाई सहज रूपमा सेवा प्रदान गर्न अस्पतालले विशेष टोली खटाएको छ।

चुलाचुली गाउँपालिकाको प्राविधिक सहयोगमा सञ्चालित यस शिविरमा विभिन्न रोग विशेषज्ञहरूले सेवा प्रदान गरेका थिए। स्थानीयहरूका अनुसार यस शिविरले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।

नोबेल मेडिकल कलेजले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको छ। विशेषगरी दूरदराजका क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा यस्ता कार्यक्रमले सहयोग पुर्‍याइरहेका छन्। शिविर मार्फत नोबेल अस्पतालमा उपचार पाउन सक्ने भएकोमा बिरामीहरू हर्षित भएको बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्