भारतबाट अवैध औषधी ल्याउँदै गरेका दुई जना विराटनगरमा पक्राउ

<span class='c1'>भारतबाट अवैध औषधी ल्याउँदै गरेका</span> <span class='c2'>दुई जना विराटनगरमा पक्राउ</span>

विराटनगर । भारतबाट अवैध रुपमा भित्र्याउँदै गरेको औषधीसहित दुईजनालाई प्रहरीले पक्राउ गरेर कारबाहीका लागि औषधी विभागको कार्यालय बुझाएको छ ।

विराटनगर १० सन्सारी माईस्थान नजिक भारतीय नम्बर प्लेट बीआर ३८ एएल ४६३९ नम्बरको सुपर स्पिलिण्डर मोटरसाइकल चेकजाँच गर्ने क्रममा बिना बिलबिजको औषधी सोमबार बरामद भएको थियो ।

अवैध रुपमा दुईलाख १८ हजार मूल्य बराबरको औषधी लिएर आएका विराटनगर १६ का किसन चौधरी र भारत अररियाका प्रविनकुमार सहानेलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिएका छन् ।

उनीहरुले ल्याएको औषधी मोटरसाइकलसहित थप कारवाहीका लागि औषधी व्यवस्था विभागको कार्यालय विराटनर बुझाइएको जानकारी दिइएको छ ।

प्रहरीले उनीहरुले मोटरसाइकलमा ल्याउँदै गरेका विभिन्न ७ प्रकार औषधी बरामद गरेको थियो । जसमा एस्थालिन १०० थान, भान्कोगेन १०० थान, मेगाप्रिड १० थान, डिस्टिनन १० थान, लोबेट ५ थान, टरलिस्टा २ थान, मिलिरोन २ थान रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्