ओबीको समाचार प्रभाव : कैलाश गुरुङको उपचारपछिको खुशी तर अब कहाँ जाने कुनै टुङ्गो छैन

<span class='c1'>ओबीको समाचार प्रभाव : कैलाश गुरुङको उपचारपछिको खुशी</span> <span class='c2'>तर अब कहाँ जाने कुनै टुङ्गो छैन</span>

प्रेम देवान
विराटनगर । बोल्न र कान समेत सुन्न नसक्ने फरक क्षमता भएका कैलाश गुरुङको कोशी अस्पतालमा सफलताका साथ उपचार सम्पन्न भएको छ । विराटनगर १६ घर भएका ५० बर्षिया गुरुङ्गलाई गत कातिक ४ गते अज्ञात समूहले निर्घात कुटपिट गरी घाईते बनाएका थिए ।

उनी पश्चिम गोर्खाबाट पुर्खौली घर विराटनगर १६ दरैयाबस्ती घुम्न आएको बेला रातको समयमा अपरिचित समूहले उनको पिछा गरी एकान्तमा लगेर कुटपिट गरी दुवै हातको हड्डी भाँचिदिएका थिए । लुटेराको समूहले उनको साथमा रहेको मोवाईल र नगद पैसा समेत लुटेका थिए । उनलाई कुटपिट गर्ने समूहलाई जिल्ला प्रहरी कार्यलयले एक सातापछि पक्राउ गर्न पनि सफल भएको थियो । प्रहरीले विराटनगर ११ का बब भनिने राजकुमार सहनीलाई नियन्त्रणमा लिएर जेल चलान भईसकेका छन् ।

गुरुङ्गको विराटनगरमा कोही पनि आफन्त नभएपछि विराटनगर महानगरपालिकाले उपचार खर्चको लागि व्यावस्थापन गरेको थियो । त्यसैगरी उपचारमा कोशी अस्पतालले पनि औषधीदेखी खाने बस्नेको व्यावस्थान गर्दै आएको छ । उनको उपचारको लागि स्थानिय अनिल खतिवडाले गुरुङको सुरुवाती चरणदेखी नै समन्वय गरिरहेका छन् । गुरुङको कोशी अस्पतालका हाडजोर्नी तथा नशा विशेषज्ञ यज्ञराज खरेलको टिमले उपचार गरेका थिए । गुरुङको हातमा स्टील र प्लेट राखिएको छ।

गुरुङ अहिले कोशी अस्पतालको हाडजोर्नीे विभागको २७८ वेड नम्बरमा ३ महिनादेखी उपचारर्थ छन् । उनको हातखुट्टा राम्रोसँग नचल्ने भएका कारण विराटनगर महानगरपालीकाले २ जना आलोपालो हुनेगरी रेखदेखको लागी कुरुवा समेत राखिदिएको छ । हुन त गुरुङलाई १५ दिन अगाडी नै अस्पतालले डिस्र्चाज गरिसकेको छ तर उनको यहाँ कोही आफन्त नभएपछि कहाँ गएर बस्ने भन्ने अन्यौल भएको छ । उनलाई अस्पतालमा वेडका विरामीका आफन्तहरुले कहिलेकाही खानेकुरा दिने गरेका छन् भने अनिल खतिवडाले जाडोका समयमा न्यानो कपडाहरु ल्याएर दिएका छन् ।

अनिल खतिवडाले गुरुङको अपांगता कार्ड र राष्ट्रिय परिचय पत्र समेत बनाईदिएका छन् । गुरुङको लामो समयपछिको प्रयास पछि सफलताका साथ उपचार गर्न सफल भयौ खतिवडाले आवर विराटनगरसँग भने, यसको लागि सबैभन्दा ठुलो भुमिका आवर विराटनगरले खेलेका छ , जसले गर्दा बोल्न र कान समेत राम्रोसँग सुन्न नसक्ने व्यक्तिले आज न्याय पाएका छन् । उपचारको लागि विराटनगर महानगरपालीकाकी उपप्रमुख शिल्पा निरला कार्कीले पनि ठुलो सहयोग गर्नुभएको छ खतिवाडले भने, कोशी अस्पतालले औषधी उपचार खर्चमा मात्र ५० हजार खर्च व्याहोरेका उनले सुनाए । अब उपचार पनि राम्रै भयो अब उनलाई कहाँ राख्ने त्यो नै दोधारमा छौँ,’ ‘उनलाई १५ दिन अगाडी नै अस्पतालले डिस्चार्ज गरेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्