विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नंं प्रदेश तेस्रो महाधिवेशन पाँचथरको फिदिम बजारमा हुने भएको छ ।
आगामी माघ ५ गतेदेखि ७ गतेसम्म पाँचथरको सदरमुकाम फिदिम बजारमा हुने तेस्रो प्रादेशिक महाधिवेशनको उद्घाटन पुर्व पर्यटन मन्त्री तथा संघीय सांसद सुदन किँरातीले गर्ने भएका छन् ।
प्रदेश १ फोनिजले मंगलबार पाँचथरको फिदिममा सचिवालय कार्यलयको उद्घाटन गर्दै माघ ५ गतेदेखी ७ गते सम्म हुने बारे जानकारी गराएको हो ।
महाधिवेशनलाई सभ्य र भव्य बनाउनको लागि कार्यलयको उद्घाटन गर्दै फोनिज १ नं. प्रदेशका अध्यक्ष सन्तवीर लामाले प्रादेशिक महाधिवेशनको व्यवस्थापनको जिम्मा फोनिज शाखा पाँचथरले लिएको बताए । महाधिवेशनको तयारीको लागि तीव्ररुपमा भइरहेको फोनिज पाँचथर जिल्ला अध्यक्ष रामभक्त बमजनले जानकारी दिए ।
बैठकमा संघीय सदस्य सुजता लिम्बू, विजय बोध लावती, पाँचथर अध्यक्ष रामचन्द्र तामाङ सहित प्रदेश र जिल्ला पदाधिकारीहरूको उपस्थिति रहेको थियो । महाधिवेशनका अवसरमा विभिन्न जातजातिका सांस्कृतिक नृत्य प्रदर्शन र पर्यटकीय क्षेत्रहरूको भ्रमण आयोजना गरिने जिल्ला अध्यक्ष तामाङले जानकारी दिए । महाधिवेशनको बन्दशत्रमा निर्वाचन मण्डलसमेत गठन गरिएको छ । निर्वाचन मण्डलको संयोजकमा दिपिन राई तथा सदस्यहरूमा अधिवक्ता सन्तकुमार राई र निलिफा सुब्बा रहने निर्णय भएको छ । महाधिवेशनले प्रदेश १ का लागि नयाँ नेतृत्व चयन गर्नेछ भने १ नम्बर प्रदेशका जिल्ला अधिवेशन जारी छ ।