विरगञ्जबाट ५० केजी लागुऔषध गाँजासहित चार जना पक्राउ

<span class='c1'>विरगञ्जबाट ५० केजी लागुऔषध</span> <span class='c2'>गाँजासहित चार जना पक्राउ</span>

पर्सा । लागुऔषध गाँजा ५० केजी सहित पर्सा प्रहरीले विरगञ्जबाट चार जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यलय तथा मातहतबाट खटिएको प्रहरी टोलीले विरगञ्जको हानगरपालिका –२० हरपतगञ्जबाट मंगलबार राति नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ७ तीनटोलियाका ३६ वर्षीय अकबर मियाँ , वडा नम्बर ७ कै छपकैयाका ४५ वर्षीय शिव महत्तो र वडा नम्बर १ विश्रामपुरका ४० वर्षीय पारस यादव, ५२ वर्षीय मैनुदिन मियाँ रहेका छन् । पर्साका प्रहरी प्रवक्ता किशोर लम्सालका अनुसार कुलोको बाटो भएर टाउकोमा गाँजा बोकेर जाँदै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो । गाँजासहित नियन्त्रणमा लिइएकाहरूलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर लागुऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको लम्सालले बताए ।

प्लास्टिकको बोराभित्र रातो प्लास्टिकले बेरी राखिएको चार पोकामा ५० केजी लागूऔषध गाँजा भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्