विराटनगर । विराटनगर रोडशेषस्थित होटल इष्टर्न स्टारमा एक जना भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन् ।
बुधबार साँझ सियाराम क्लोथिङ ब्राण्डको रिफ्रेसमेन्टका लागि भारतबाट आएकामध्ये दिपककुमार साह बिहीबार बिहान सुतिरहेको अवस्थामा मृत फेला परेका हुन् ।
मोरङका प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीका अनुसार मुख र नाकबाट रगत बगिरहेको अवस्थामा उनी बिहान फेला परेपछि परिवारलाई खबर गरिएको छ । भारतको पूर्णियाका नागरिक साहसहित २५ जनाको टोलिलाई सियाराम क्लोथिङले ल्याएको हो । साह समेत सियाराम क्लोथिङका थोक बिक्रेता रहेको खुलेको छ ।
कपडाको बजार प्रवद्र्धन र बिक्रेताहरुका लागि राखिएको कार्यक्रममा बुधबार साँझ मदिराको प्रशस्त खपत भएको थियो । त्यहि क्रममा अत्याधिक मदिरा सेवन गरेका साहलाई बोकेर लगेर सुताइएको प्रहरीले प्राप्त गरेको प्रारम्भिक विवरणमा उल्लेख गराइएको छ । प्रवक्ता जोशीले परिवारका सदस्य आएपछि पोष्टमार्टम गरेर घटनाको यकिन अवस्था पत्ता लगाईने छ ।