विराटनगरमा खुला सीमाका कारण बढ्दो मानसिक स्वास्थ्य समस्या

<span class='c1'>विराटनगरमा खुला सीमाका कारण</span> <span class='c2'>बढ्दो मानसिक स्वास्थ्य समस्या</span>

इन्दु साह
विराटनगर । पछिल्लो समय विराटनगरमा मानसिक स्वास्थ्य समस्याहरू, विशेषगरी एंग्जाइटी डिसअर्डरका बिरामीहरूको संख्या उल्लेखनिय रूपमा बढेको विशेषज्ञहरूले दाबी गरेका छन् ।

खुल्ला सीमानाको कारण लागूपदार्थको सहज पहुँच र दुरुपयोगले यस्ता समस्याहरू बढ्दै गएको दाबी गरिएको हो ।

नोबेल मेडिकल कलेजका स्नायु, नशा तथा मानसिक रोग विशेषज्ञ डा. नेपोलियन तिमिल्सिनाले विशेषगरी युवा पुस्तामा यो समस्या बढी देखिएको बताए। उनका अनुसार खुला सीमानाका भएका कारण नशालु पदार्थको सहज उपलब्धता र सेवनले मानसिक रोगको जोखिम बढाएको छ। नोबेल अस्पतालमा मानसिक स्वास्थ्य सम्बन्धी परामर्श लिने बिरामीहरूको संख्या दिनानुदिन बढ्दै गएको छ।

विराटनगर आसपासका क्षेत्रबाट समेत धेरै मानिसहरू परामर्शका लागि आउने गरेका छन्। तर, समाजमा मानसिक रोगप्रतिको नकारात्मक धारणाका कारण धेरै युवाहरू आफ्नो समस्या लुकाउने गर्छन्। डा. तिमिल्सिनाका अनुसार यसले पछि गम्भीर समस्याहरू निम्त्याउन सक्छ। अहिलेको समयमा मानसिक रोगीलाई अपहेलना होइन, माया र सहयोगको आवश्यकता छ उनले भने।

एंग्जाइटी डिसअर्डरका प्रमुख लक्षणहरूमा लगातार र अव्यावहारिक डर, मुटुको धड्कन बढ्ने, सास फेर्न गाह्रो हुने, अत्यधिक पसिना आउने र शारीरिक कम्पन देखिन्छन्। यसैगरी छाती र टाउको दुख्ने, पेट सम्बन्धी समस्याहरू र बारम्बार पिसाब लाग्ने जस्ता शारीरिक लक्षणहरू पनि देखिने गर्छन्।उनले यस्ता समस्याबाट बच्न नियमित व्यायाम र ध्यान गर्न, स्वस्थ जीवनशैली अपनाउन, पर्याप्त निद्रा लिन र सन्तुलित आहार खान सुझाव दिएका छन्। साथै समयमै विशेषज्ञ परामर्श लिनु पर्ने बताएका छन् । एंग्जाइटी डिसअर्डर पूर्ण रूपमा उपचार गर्न सकिने मानसिक स्वास्थ्य समस्या हो। समयमै उपचार र समाजको सकारात्मक दृष्टिकोण यसको समाधानका लागि महत्वपूर्ण छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्