विराटनगरको ब्राइट भिजन ल कलेजका विद्यार्थीद्वारा परीक्षा प्रणाली सुधारको माग

<span class='c1'>विराटनगरको ब्राइट भिजन ल कलेजका</span> <span class='c2'>विद्यार्थीद्वारा परीक्षा प्रणाली सुधारको माग</span>

विराटनगर । विराटनगरको पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको ब्राइट भिजन ल कलेजका बी.ए. एलएलबी तहका विद्यार्थीहरूले परीक्षा प्रणालीमा सुधारको माग गर्दै बुधबार विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्।

विद्यार्थीहरूले प्रश्नपत्र नेपाली र अंग्रेजी दुवै भाषामा उपलब्ध गराउनुपर्ने र परीक्षाफल समयमै प्रकाशन गर्नुपर्ने प्रमुख माग राखेका छन्। उनीहरूका अनुसार अंग्रेजी भाषामा मात्र प्रश्नपत्र प्रकाशित हुँदा सरकारी विद्यालयबाट अध्ययन गरेका विद्यार्थीहरूलाई समस्या परेको छ। नेपालको कानूनी अभ्यास मुख्यतः नेपाली भाषामा हुने भएकाले अंग्रेजीमा मात्र प्रश्न सोध्दा व्यावहारिक ज्ञानको सही मूल्याङ्कन हुन नसकेको विद्यार्थीहरूको तर्क छ।

विद्यार्थी चन्दन कुमार यादवले परीक्षाफल प्रकाशन हुन नौ महिनासम्म लाग्ने गरेको र यसले गर्दा पुनः परीक्षा दिने विद्यार्थीहरूलाई तयारीको लागि पर्याप्त समय नभएको बताए। विद्यार्थीहरूले नेपालको संविधानको धारा १८ र ३१ को प्रावधान अनुसार प्रश्नपत्र दुवै भाषामा उपलब्ध गराउन माग गरेका छन्।

यस सम्बन्धमा पूर्वाञ्चल विश्वविद्यालयका शिक्षा कानून कला डीन अनिल पोखरेलले समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएका छन्। उनले परीक्षाफल छिटो प्रकाशन गर्न र प्रश्नपत्रलाई द्वैभाषिक बनाउन सम्बन्धित निकायमा पहल गर्ने बताए। तर यो प्रक्रियामा केही समय लाग्ने जनाएका छन्।

विद्यार्थीहरूले तीन दिनभित्र माग पूरा नभए आन्दोलनमा जाने चेतावनी दिएका छन्। ज्ञापनपत्र डीन कार्यालय, रजिष्ट्रार कार्यालय र उपकुलपति कार्यालयमा बुझाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्