चेक वितरण भएको कुरा प्रमाणित भए राजनीति छाड्छु : मन्त्री खड्का

<span class='c1'>चेक वितरण भएको कुरा प्रमाणित भए</span> <span class='c2'>राजनीति छाड्छु : मन्त्री खड्का</span>

काठमाडौं । उर्जा तथा जलस्रोतमन्त्री दिपक खड्काले वर्तमान सरकारले राजनीतिक स्थायित्व दिनेदेखि आर्थिक समृद्धि दिने उद्देश्यका साथ ठूला कार्ययोजनाहरु प्रस्तुत गरेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित ‘उर्जा विकास मार्गचित्र–२०८१’ विमोचन कार्यक्रममा उनले नीतिगत सुधार, अर्थतन्त्रलाई चलाएमान बनाउने र समृद्ध नेपाल निर्माण गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताए ।

उनले भने, ‘यो बलियो सरकारले मुलुकमा प्रगतीशिल कामहरु गर्न सक्नुपर्छ । राजनीतिक स्थायित्व दिनेदेखि आर्थिक समृद्धि पनि दिनुपर्छ भन्ने उद्देश्यका साथ ठूला ठूला कार्ययोजनाहरु हामीले प्रस्तुत गर्दैछौ । अरु मन्त्रालयहरुले पनि नीतिगत सुधार र अर्थतन्त्रलाई चलाएमान बनाउने, स्रोतलाई अधिक्तम परिचालन गर्ने रोजगारी सिर्जना गर्ने र लामो समयदेखि भन्दै आएको समृद्ध नेपाल निर्माण गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको छ ।’

यसका साथै, उनले बोलेर मात्र होइन काम गरेर देखाउनुपर्ने भन्दै प्रतिवेदनमा राखिएका लक्ष्य प्राप्तीका लागि अगाडि बढ्ने बताए । उनले सार्वजनिक खरिद ऐनलाई पनि व्यवस्थित गर्नुपर्ने बताए । ‘मलाई जोडेर चेक वितरण भएको कुरा आएको छ । मैले पढिरहेको छु, यो कल्पित कुरा हो र असम्भव हो । यस्ता विषयमा म त्यति आक्रोसित हुन चाहन्न । यसलाई चुनौतिका रुपमा लिएको छु । कसैले प्रमाणित गर्यो भने जीवनभर राजनीति नगर्ने मात्र होइन्, यो प्रमाणित गरेर त्यो चेक मलाई दिनेलाई म त्यो भन्दा पाँच गुना बढि पुरस्कार दिन्छु । यस्तो भ्रमित कुराको प्रचार प्रमाण बिना नगर्नुहोला,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्