दुर्गा प्रसाई र हरिचन्द्र फुयाल धरौटीमा रिहा

<span class='c1'>दुर्गा प्रसाई र हरिचन्द्र</span> <span class='c2'>फुयाल धरौटीमा रिहा</span>

काठमाडौँ । झापाका दुर्गा प्रसाई र उनका सहयोगी हरिचन्द्र फुयाल धरौटीमा रिहा भएका छन् ।

नेपाल राष्ट्र बैंकका उच्च अधिकृतहरू र व्यवसायीलाई धम्की दिएको आरोपमा पक्राउ परेका प्रसाई र फुयाँल धरौटीमा आज रिहा भएका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) का प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले दुवै जनालाई जनही रु तीन लाख धरौटीमा छाड्न आदेश दिएको हो । अदालतको आदेशपछि दुवै जना धरौटी बुझाएर रिहा भएका हुन् । प्रसाईसहित तीनजना विरुद्ध आपराधिक लाभ र सङ्गठित कसुरको मुद्दा दायर भएको थियो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्