उद्योगको मूल्य बृद्धि विरुद्ध विराटनगरका हार्डवेयरले सिमेन्ट बिक्री बन्द गरे

<span class='c1'>उद्योगको मूल्य बृद्धि विरुद्ध विराटनगरका</span> <span class='c2'>हार्डवेयरले सिमेन्ट बिक्री बन्द गरे</span>

विराटनगर । सिमेन्टमा पछिल्लो समय अत्याधिक मूल्य बृद्धि गरिएको विरोधमा हार्डवेयर व्यवसायी आन्दोलित भएका छन् ।

उनीहरुले उद्योगले उत्पादन गरेको सिमेन्ट खरिद गरेर बिक्री समेत नगर्ने चेतावनी दिएका हुन् ।

उद्योगले कार्टेलिङ गरेर मूल्यवृद्धि गरेको विरोधमा मोरङ–सुनसरीका हार्डवेयर व्यवसायीले बिहीबार साँझ विराटनगरमा आकस्मिक बैठक बसेर शुक्रबारदेखि आन्दोलन सुरु गरेका हुन् । उत्पादक उद्योग विरुद्ध व्यवसायीले शुक्रबार एक दिनका लागि सुनसरी जिल्लाका सबै हार्डवेयर पसल बन्द गरेर विरोध जनाएका छन् । विराटनगरका हार्डवेयर पसलले पसलअगाडि ब्यानर टाँगेर विरोध जनाएका हुन् । ‘सिमेन्टको मूल्यवृद्धि विरूद्ध हामी आन्दोलित छौँ’ लेखिएको ब्यानर पसल अगाडी टाँगिएको छ ।

मोरङ–सुनसरीका डिलर र अन्य व्यवसायीले शुक्रबारदेखि उद्योगमा सिमेन्टको अर्डर गर्न बन्द गरेको जनाइएको छ । विराटनगर हार्डवेयर संघका महासचिव देवीप्रसाद पोखरेलले ढुवानी व्यवसायीलाई पनि उद्योगबाट सिमेन्टको ढुवानी नगर्न अनुरोध गरिएको जानकारी दिनुभयो । सुनसरी हार्डवेयर संघर्ष समितिका संयोजक माधव पाठकले उद्योगले अति गरेपछि व्यवसायी आन्दोलित हुनु परेको बताउनुभयो । उहाँले उपभोक्ताले खरिद गर्नै नसक्ने गरी मूल्य बढाउने कार्यलाई सरकारले रोक्नुपर्ने माग गर्नुभयो । उहाँले मंसिर १ गते यता लगातार बृद्धि भएको मूल्यले कारोबार ठप्प भईरहेको बताउँदै सरकारले त्यो मूल्य कायम गराउनुपर्ने माग गर्नुभयो । ‘अब मंसिर १ गतेको मूल्यमा कारोबार गर्ने वातावरण नभए सिमेन्ट खरिद गर्न सकिदैन’ पाठकले भन्नुभयो–यसले समग्र देशको पूर्वाधार निर्माणलाई समेत असर गरिरहेको छ ।

विराटनगर हार्डवेयर संघका महासचिव पोखरेलका अनुसार मंसिरको पहिलो हप्तामा उद्योगले विराटनगरस्थित पसललाई ओपिसी सिमेन्ट बोराको ५७५ मा उपलब्ध गराउँदै आएका थिए । खुद्रा पसलेले उपभोक्तालाई ६ सयमा विक्री गर्दथे । पुस लागेपछि उद्योगले बोराको ८२० रुपिँया लिन थालेका छन् । उपभोक्ताले ८२० प्रतिबोरा खरिद गर्नुपर्ने अवस्था छ । किन मूल्य बृद्धि गरिएको हो ? भन्ने आधिकारिक धारणा उद्योगीहरुले सार्वजानिक गरेका छैनन्, सरकारले यसलाई रोक्ने उपाय खोज्नुपर्छ, पोखरेलले भन्नुभयो । अर्को समस्या भनेको उद्योगले डिलरलाई दिने सिमेन्टमा ७० प्रतिशत कटौती गरेका छन् । हेर्दा उत्पादन भएर जस्तो देखिएपनि कृत्रिम अभाव सिर्जना गरेर मूल्इ बढाइएको व्यवसायीहरुको बुझाई छ ।

स्थानीय तहले निर्माणका काम सुरु गरेपछि सिमेन्टमा बढाईएको मूल्यले काम समेत ठप्प बनेको छ । उपभोक्तालाई नै सिमेन्ट दिन नसक्ने अवस्थामा विकास निर्माणका संलग्न ठेकेदारहरुलाई सिमेन्ट बिक्री गर्न नपुगिरहेको उनीहरुको भनाई छ । मंसिरमा दश गाडीसम्म सिमेन्ट उपलब्ध गराउने उद्योगले अहिले ३ गाडी मात्रै उपलब्ध गराउने गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्