विराटनगर । विराटनगर महानगरपालिकाले चिया पसल तथा रेष्टुरेन्ट व्यवसायीहरूलाई अनिवार्य पार्किङ स्थलको व्यवस्था मिलाउन भनेको छ । महानगरपालिकाले आफ्ना ग्राहकहरूको सवारी साधन सडकमा पार्क गराउन नपाउने नियम लगाएको हो ।
महानगरपालिकाको यो निर्णयपछि केही व्यवसायीहरूले पार्किङ स्थलको व्यवस्थापन गरिसकेका छन्। विराटनगरको चर्चित दाज्जुको चिया पसलका संचालक सुमन खड्काले आफ्ना ग्राहकहरूका लागि व्यवस्थित पार्किङको प्रबन्ध गरेका छन्। उनले पार्किङ स्थलतर्फ दिशा देखाउने सूचना बोर्ड समेत राखेका छन्। तर, नयाँ व्यवसायीहरूका लागि यो नियम चुनौतीपूर्ण बनेको छ। विराटनगर ९ मा रहेको चाई कुकिजका संचालक मनिष सरदारका अनुसार एउटा सटरमा मात्र संचालन भएको पसलमा खासै ग्राहक नआउने र पार्किङको व्यवस्थापन गर्न कठिन हुने बताएका छन्। यता महानगर प्रहरी प्रमुख राजन पौडेल नेतृत्वको टोली दैनिक अनुगमनमा खटिएको छ।
महानगरपालिकाले सडकमा सवारी पार्क गरेको पाइएमा सम्बन्धित व्यवसायीलाई कारबाही गरिने बताईएको छ । द स्मोक हाउसका संचालक विशाल सोनीले भने आफूले पार्किङको व्यवस्था गरे पनि केही ग्राहकहरू अझै पनि सडकमै सवारी पार्क गर्ने गरेको गुनासो गरेका छन्। यस्तै विराटनगर ९ का चाईवालाजका संचालक पप्पु शर्माले वरपरका चिया व्यवसायीहरू मिलेर पार्किङ स्थलको व्यवस्थापनमा जोड दिइरहेको बताएका छन् । टपरी र द स्मोक हाउस लगायतका अन्य व्यवसायीहरूले पनि पार्किङको व्यवस्थापन गरेका छन्।
महानगरपालिकामा चिया व्यावसाय सांलनमा आएसंगै सडकमा जथाभावि पार्किङ गर्ने समस्याले सडक अस्थव्यत भएको थियो । जसले गर्दा सवारी आवगमनमै पनि समस्या देखिएको छ । गल्लि गल्लिका सडमा खुलेका चिया पसल संगै साघुरो सडकमा सवारीमो चाप देखिने गरेको छ । यस्तै समस्या सामाधानको लागि महानगर पार्किङको विषयमा गम्भिर भएको हो ।