फोनिज मोरङको छैटौँ अधिवेशन सम्पन्न, अध्यक्षमा अनिल श्रेष्ठ

<span class='c1'>फोनिज मोरङको छैटौँ अधिवेशन</span> <span class='c2'>सम्पन्न, अध्यक्षमा अनिल श्रेष्ठ</span>

विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङको छैटौँ अधिवेशन सम्पन्न भएको छ ।

मोरङको पथरीशनिश्चरे नगरपालिका २ हरियाली पार्कमा शनिबार सम्पन्न छैटौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । उक्त अधिवेशनले अनिल श्रेष्ठको अध्यक्षयतामा १० जनाको नयाँ कार्यसमिति चयन गरेको हो । श्रेष्ठ यसअघि फोनिज मोरङका सचिव थिए ।

त्यसैगरी उपाध्यक्षमा विजय खम्बु, सचिवमा विद्यानन्द चौधरी, सह– सचिवमा संगिता चाम्लिङ राई र राजेश राजवंशी तथा कोषाध्यक्षमा सुरञ्जन लिम्बू पनि सर्वसम्मत भएका छन् । त्यसैगरी सदस्यहरुमा देवराज तामाङ, उषा सरदार, तृष्णा कुलुङ राई र संजय राजवंशी चयन भएका छन् । फोनिज मोरङको लेखा समिति संयोजकमा रामकुमारी राई, सदस्यमा राजकुमारी तामाङ र युवराज लिम्बू चयन भएका छन् ।

जिल्ला सम्मेलनको उदघाटन पथरीशनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्वापोले गरेका थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख तुम्वापोले मर्यादित , निष्कर्ष भएर संचार माध्यमले समचार लेख्नुपर्नेमा जोड दिए । कार्यक्रममा फोनिज संघिय अनुशासन समितिका संयोजक अर्जुन जम्मेली राई ,फोनिज संघिय समिति सदस्य सुजता लिम्बू,फोनिज प्रदेश १ का इन्चार्ज भक्तशेर लिम्बु, सल्लाहकार फिपराज वेघा, प्रेस चौतारी नेपाल मोरङका अध्यक्ष सुदिप कोइराला, प्रेस युनियन मोरङका अध्यक्ष बेदराज पौडेल, प्रेस सेन्टर नेपाल पुर्वि मोरङका अध्यक्ष सरोज बस्नेत, समाजवादी प्रेस संगठन नेपाल मोरङका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ प्रदेशका सचिब ध्रुब भट्टराई, प्रेस मञ्च नेपाल मोरङ अध्यक्ष मुकेश यादव, नपाल पत्रकार महासंघ मोरङका निवर्तमान कार्यबहाक अध्यक्ष मोहन भट्टराई लगायतले शुभकामना दिएका थिए ।

कार्यक्रममा फोनिजको केन्द्रीय सदस्य सुजता लिम्बुलाई सम्मान गरिएको थियो । पहिचानको आन्दोलनमा समाचारको माध्यमबाट विशेष भुमिका निर्वाह गरेको भन्दै लिम्बुलाई सम्मान गरिएको थियो । पथरी शचिश्चरे भित्रका पर्यटन विकास सम्बन्धी सञ्चारकर्मीको भुमिका विषयमा अन्तक्रिया कार्यक्रम समेत गरिएको थियो । उक्त विषयमा फिराज वेगाले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा थारु जातिको साँस्कृतिक नृत्य समेत प्रदर्शन गरिएको थियो । फोनिज मोरङका नवनिर्वाचित अध्यक्ष श्रेष्ठले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, श्रमजीवी पत्रकारहरुको हकहित , फोनिजकर्मीको वृद्धि विकासमा सधैंभरि दृढतापुर्बक उभिने प्रतिबद्धता जाहेर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्