हिमगिरि हाइजिन प्रालिद्वारा आकर्षक उपहार योजना सार्वजनिक

<span class='c1'>हिमगिरि हाइजिन प्रालिद्वारा आकर्षक</span> <span class='c2'>उपहार योजना सार्वजनिक</span>

विराटनगर । हिमगिरि हाइजिन प्रालिले 'लुगा चमचम, गोजी छमछम, सुन र चाँदी धमाधम' नामक आकर्षक उपहार योजना (स्किम) सार्वजनिक गरेको छ। कम्पनीका धोनी र एक्स्ट्रा डिटर्जेन्ट पाउडरका खरिदकर्ताहरूले सुन र चाँदीका सिक्का जित्ने अवसरका साथै विभिन्न उपहारहरू प्राप्त गर्न सक्नेछन्।

हिमगिरि हाइजिनका मार्केटिङ हेड भुवनेश प्रताप मल्लका अनुसार यो योजना रु. १०० भन्दा माथिका डिटर्जेन्ट पाउडरहरूमा मात्र लागू हुनेछ। योजना अन्तर्गतका प्रत्येक प्याकेजमा स्किम कार्ड राखिएको छ, जसमा विभिन्न उपहारहरू समावेश गरिएका छन्।

सुन वा चाँदीको सिक्का जित्ने भाग्यशाली ग्राहकहरूले कम्पनीको सम्पर्क नम्बर ९७०५६००००० मा कल गरी आफ्नो पुरस्कार दाबी गर्न सक्नेछन्। अन्य उपहारहरूमा एक किन्दा एक फ्री पाउडर लगायतका आकर्षक प्रस्तावहरू रहेका छन्, जुन सम्बन्धित डिलर वा पसलबाट प्राप्त गर्न सकिनेछ।

कम्पनीले नेपाली बजारमा स्यानिटेसन सामग्री, साबुन, डिटर्जेन्ट पाउडर र ट्वाइलेट सोप लगायतका उत्पादनहरू बिक्री गर्दै आएको छ। विशेषगरी धोनी डिटर्जेन्ट पाउडरको माग र प्रयोग क्रमशः बढ्दो छ। कम्पनीले यस योजनामार्फत आफ्ना उत्पादनहरूको गुणस्तर र प्रयोगलाई थप बढावा दिने लक्ष्य राखेको छ। यो योजना लामो समयसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्