विराटनगरमा मापदण्डमा छैनन् गीत गजल

<span class='c1'>विराटनगरमा मापदण्डमा छैनन्</span> <span class='c2'>गीत गजल</span>

इन्दु साह
विराटनगर । विराटनगरमा रात्रिकालिन होटल व्यवसाय सञ्चालनमा गुनासो बढेसँगै विराटनगर महानगरपालिकाले अनुगमन सुरु गरेको छ । रात्रिकालिन होटल व्यवसाय सञ्चालन अन्तर्गत पनि गीत गजलबाट ध्वनि प्रदुषण भएको भन्दै स्थानीयले गुनासो गरेपछि अनुगमन थालिएको हो ।

महानगरको नगर प्रहरीको टोली अनुगमनको लागि खटाएको हो । उक्त टोलीले २२ वटा गीत गजल तथा होटल रेष्टुरेन्टको अनुगमन गरेको नगर प्रहरी तिर्थ बहादुर खत्रीले जानकारी दिए । अनुगमन गरिएका २२ वटै गीत गजल तथा होटलमा मापदण्ड विपरीतको कार्य भएको निष्कर्ष निकालिएको छ ।

अनुगमनमा गएका खत्रीका अनुसार अनुगमनको क्रममा केहि गीत गजका संचालकहरुले मापदण्ड विपरीत व्यवसाय चलाई रहेको पाइएको हो । रात्रिकालिन व्यावसाय संचालन गर्दा वरपर ध्वनि प्रदुषण गर्न पाईदैन तर उक्त गीत गजलको होटलबाट ध्वनि प्रदुष हुने गरेको पाईएको छ । उक्त होटलहरुमा कर्मचारीले तोकेको पोषक र परिचय खुलाउने कार्डको प्रयोग नगरेको लगायतका समस्या भेटिएको छ । साथै महानगरले रात्रिकालिन व्यवसाय स्थलमा अनिवार्य रुपमा सिसिटिभि क्यामेरा जडान गनुपर्ने नियम लगाएको र केहि व्यवसायीले यसको पालना नगरेको नगर प्रहरी खत्रीले बताएका छन् ।

केहि व्यवसाय नविकरण समेत नभएको पाईएको छ । तर महानगरको अनुगमन टोलीले भने मापदण्ड विपरीत संचालन भएका उक्त व्यवसायीलाई कारबाही गरेको छैन । उनीहरुलाई पहिलो चरणको अनुगमनमा कमिकमजोरी सुधार गर्न निर्देशन दिईएको छ । तर यदि दोस्रो चरणको अनुगमनमा पनि यस्तै पाईएका कारवाही गरीने महानगरले जनाएको छ ।

नासा गीत गजल होटल एण्ड लज, सरगम गीत गजल, होटल ईनियन, रोयल विराट गीत गजल, रेगी होटल, परदेसी लज लगायतमा अनुगमन गरिएको थियो । रिदम गीत एण्ड गजल, होटल स्वीट एण्ड रेष्टुरेन्ट, द न्यू प्याराडाइज, स्टार लाइट होटल एण्ड लज डान्सबार, होटल रेडियन, किङ्ग डान्सबार, मट्रासिटी होटल, होटल न्यू ड्रिम नाइज फेमली, द बादसाह डान्सबार, नासा टु होटल रेष्टुरैन्ट, श्रीराम पार्टी प्यालेस एण्ड गीत गजल, होटल मुन प्रा.लि. होटल ७÷११ गीतगजल, परदेशी लज, द भिन्तुना होटल, न्यू कोमल रेष्टुरेन्ट एण्ड सेकुवा घर, सिंहासन रेष्ट्रो प्रा.लि. अनुगमन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्