विराटनगरको न्युरो अस्पतालद्वारा बबिया बिर्तामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

<span class='c1'>विराटनगरको न्युरो अस्पतालद्वारा बबिया बिर्तामा</span> <span class='c2'>निःशुल्क स्वास्थ्य शिविर सम्पन्न</span>

विराटनगर । विराटनगरस्थित न्युरो अस्पतालले रंगेली नगरपालिका-१ बबिया बिर्तामा रहेको जनप्रिय माध्यमिक विद्यालयमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

नेपाल क्षयरोग निवारण संस्था, गणेशमान सिंह फाउण्डेशन, तोरेन्द्र मान सिंह फाउण्डेशन, लायन्स क्लब अफ विराटनगर र रंगेली नगरपालिका लगायतको सहकार्यमा आयोजित शिविरमा गोल्छा आँखा अस्पतालको पनि सहभागिता रहेको थियो।

शिविरमा न्युरो सर्जन, न्युरोलोजिस्ट, गाइनेकोलोजिस्ट, रेडियोलोजिस्ट, ग्यास्ट्रोलोजिस्ट, युरो सर्जन, हाड जोर्नी विशेषज्ञ, बाल रोग विशेषज्ञ, जनरल सर्जन, छाला रोग विशेषज्ञ र दन्त रोग विशेषज्ञ सहित विभिन्न मेडिकल अफिसरहरु गरी २० जना भन्दा बढी चिकित्सकको टोलीले सेवा प्रदान गरेको थियो।

शिविरमा ५०० भन्दा बढी बिरामीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो। जसमध्ये ५४ जनाको भिडियो एक्सरे, ३३ जनाको इसिजी र ४५० जनाको सुगर परीक्षण गरिनुका साथै निःशुल्क औषधि वितरण गरिएको थियो। अस्पतालले शिविरमा जाँच गराएका बिरामीहरुलाई न्युरो अस्पतालमा थप उपचारका लागि विशेष सुविधा दिने घोषणा गरेको छ। जस अनुसार सम्पूर्ण ओपिडी निःशुल्क, सबै जाँचमा २५ प्रतिशत र अन्य सेवामा १५ प्रतिशत छुट प्रदान गरिने जनाइएको छ।

बहुआयामिक सेवा प्रदान गर्दै आएको न्युरो अस्पतालले विभिन्न अवसरमा यस्ता निःशुल्क स्वास्थ्य शिविर तथा स्वास्थ्य सचेतना कार्यक्रमहरु आयोजना गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्