गुणस्तरीय शिक्षा दिन किड्स भिलेज र मारिया किड्सबीच सहकार्य

<span class='c1'>गुणस्तरीय शिक्षा दिन किड्स भिलेज</span> <span class='c2'>र मारिया किड्सबीच सहकार्य</span>

विराटनगर । विराटनगर – ५ स्थित किड्स भिलेज स्कुल र बुढीगंगा गाउँपालिका – १ पुष्पलाल चोकमा रहेको मारिया किड्स मन्टेश्वरी स्कुलबिच गुणस्तरीय शिक्षा प्रदान गर्ने विषयमा सहकार्य भएको छ ।

अब दुवै विद्यालयले विराटनगरको शिक्षालाई प्रि–प्राइमरी लेभलदेखि आधारभूत तहसम्म मन्टेश्वरी विधि र पद्धतिलाई विशेष प्राथमिकतामा राखी अझ मजबुत रुपमा अगाडि बढाउँदै लैजाने विषयमा दुई स्कुलबीचमा सहकार्य भएको हो ।

किड्स भिलेज २०७० सालमा स्थापना भएको थियो भने मारिया किड्स २०७३ सालमा भएको थियो । विराटनगरको शिक्षालाई गुणस्तरीय बनाउनका लागि दुई स्कुलबिच सहकार्यको लागि सम्झौता भएको स्थापना भएको किड्स भिलेज स्कुलका प्रिन्सिपल बिजय दाहालले जानकारी दिए । बालबालिकाको मनोविज्ञानमा आधारित,समय सापेक्ष र अभिभावकको चाहना बमोजिम अभिभावकले खोजेको र रोजेको जस्तो शिक्षा प्रदान गर्न दुई स्कुलबिच गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि सहकार्य गरिएको मारिया किड्स मन्टेश्वरीका प्रिन्सिपल मनिष पोखरेलले जानकारी दिए ।

विराटनगरको उत्तरी भेगमा अभिभावकको मन जित्न सफल हुँदै आएको मारिया किड्स मन्टेश्वरी र विराटनगर बजारमै उत्कृष्ट पहिचान बनाउन सफल किड्स भिलेज स्कुलबिचको सहकार्यले विराटनगरको शैक्षिक उन्नयनमा निकै ठूलो भूमिका निर्माण गर्न सक्ने अध्यक्ष मदन खतिवडाले बताए ।
किड्स भिलेज स्कुलमा आयोजित उक्त कार्यक्रममा किड्स भिलेज स्कुलका अध्यक्ष मदन खतिवडा, प्रिन्सिपल बिजय दाहाल, म्यानेजिङ डाइरेक्टर पंकज जैन, शिक्षक,कर्मचारी र मारिया किड्स मन्टेश्वरी स्कुलका प्रिन्सिपल मनिष पोखरेल, म्यानेजिङ डाइरेक्टर नवजित प्रधान, लेखा प्रमुख सिर्जना आचार्य, कोअर्डिनेटर प्रियंका दाहालको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्