सिमेन्टको मूल्य बृद्धिपछि विकासे अड्डासँग सम्झौता भङ्ग गर्दै निर्माण व्यवसायी

<span class='c1'>सिमेन्टको मूल्य बृद्धिपछि विकासे अड्डासँग</span> <span class='c2'>सम्झौता भङ्ग गर्दै निर्माण व्यवसायी</span>

विराटनगर । सिमेन्टको मूल्य बृद्धि भएपछि त्यसको असर पूर्वाधार क्षेत्रमा देखिन थालेको छ ।

निर्माण व्यवसायीले नै सम्झौता गरेका योजना अगाडी बढाउन नसक्ने भन्दै विकास अड्डामा लिखितै जानकारी दिन थालेका हुन् ।

सिमेन्ट र डण्डीमा बृद्धि भएको अस्वभाविक मूल्य नियन्त्रणमा सरकारले चासो नदेखाएको भन्दै मोरङ–सुनसरीका सात सडक योजनाको ठेक्का लिएको कालिका बेधान्सी÷जेभीले सडक डिभिजन कार्यालय विराटनगरमा काम गर्न नसक्ने जनाउँदै निवेदन दर्ता गराएको छ । सडक डिभिजन कार्यालय विराटनगरका इन्जिनयिर एवं सूचना अधिकारी शितल पराजुलीका अनुसार मोरङ–सुनसरीका सातवटा निर्वाचन क्षेत्र रणनैतिक सडकको ठेक्का सम्झौता गरेको निर्माण व्यवसायीले काम गर्न नसक्ने आशयपत्र कार्यालयमा दर्ता गराएको हो ।

गत पुस २४ गते निर्माण व्यवसायीले निवेदन दिएपछि त्यसलाई दर्ता गरिएको छ । पत्रमा भनिएको छ, ‘एक महिनाको अवधीमा सिमेन्टमा प्रतिबोरा २०० र डण्डीमा प्रतिकेजी १५ रुपिँयाले मूल्य बृद्धि भएकोले निर्माणको काम गर्न सक्ने अवस्था छैन ।’ सिमेन्टमा भएको अस्वभाविक मूल्य बृद्धिमा सरकार मौन बसेका कारण अहिले संघीय सरकार अन्तर्गत सडक डिभिजनका धेरै योजनाको सम्झौता अनुसार काम हुन नसक्ने संकेत निर्माण व्यवसायीले कार्यालयमा अवगत गराएको प्रमुख इन्जिनयिर राजेन्द्रप्रसाद साहले जानकारी दिनुभयो ।
यसैगरी स्थानीय तह विराटनगर महानगरपालिका अन्तर्गत बहुवर्षे ठेक्का प्रक्रियाका काममा समेत ठेकेदारहरुले तत्काल होल्ड गर्ने जनाउ दिएका छन् । विराटनगर ७ स्थित प्रधानमन्त्री पार्कको निर्माण सम्झौता सम्झौता गरेको खुस्बु निर्माण सेवाका दुस्यन्त पौडेलले उद्योगीले बढाएको मूल्यका बारेमा सरकारलाई जानकारी समेत नगराउँदा समेत कारवाही गर्नुपर्ने निकाय मौन बस्नु आश्चर्य भएको बताउनुभयो । उहाँले निर्माणको सिजन लागेपछि एक्कासी बृद्धि भएको मूल्यले नराम्रोसँग निर्माण व्यवसायी प्रभावित भएको बताउनुभयो ।
चालु आर्थिक वर्षका योजना त स्वभाविक होल्ड हुन्छन्, पौडेलले भन्नुभयो–बहुवर्षे योजना समेत यहि मूल्य बृद्धि रहे होल्ड गर्नुपर्ने स्थिति छ । विकासका कामहरु अगाडी बढाउने समय आएपछि गरिएको मूल्य बृद्धि र कार्टेलिङ्गको समाधान तत्काल नगरे चालु आर्थिक वर्षको पूँजीगत खर्चमा समेत समस्या पर्ने व्यवसायीहरुको भनाई छ ।
विराटनगर हार्डवेयर संघका महासचिव देवीप्रसाद पोखरेलले एकाएक मूल्य घटाएर एकाएक बढाउने कामले सबै क्षेत्र ठप्प हुने स्थिति आएको बताउनुभयो । उहाँले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने चरणका आन्दोलन पुगेको जानकारी दिनुभयो । उहाँले अहिले निर्माण व्यवसायीले सिमेन्टको मागलाई ठप्प पारेका छन् । उपभोक्ताले समेत बनाईरहेको घर रोकेर बस्नुपर्ने स्थिति आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्