इन्दु साह
विराटनगर । विराटनगरमा पछिल्ला समय स्पा तथा मसाज सेन्टर खुल्ने क्रम बढ्दै छ । पछिल्लो समय शहरमा स्पा तथा मसाज सेन्टरको संख्या दैनिक बढीरहेको भएपनि यस भित्रको अवस्था अनुगमन कुन निकायले गर्ने हो ? भन्ने अन्यौलता देखिएको छ ।
स्थानीय तह विराटनगर महानगरपालिकामा दर्ता भएका १३ वटा स्पा सेन्टर छन् । जसको सञ्चालन मापदण्डमा भने स्वीकृत दिने निकाय समेत अनभिज्ञ छ । विराटनगरको वडा नं. ३, ९, १२, १३, १४, १५, १०, १४ मा भएका स्पा सेन्टर महानगरमा दर्ता छन् । वडा नं. १२ मा रहेको कोहिनुर स्पा सेन्टर र सिटी स्पा एण्ड पार्लर छ भने विराटनगर १५ मा लाईफ लाईन स्पा र ब्लु मुन स्पा मसाज पार्लर रहेको छ । यसैगरी विराटनगर १० मा जसमिन मसाज पार्लर एण्ड स्पा र विराटनर १४ मा खुशी स्पा मसाज सेन्टर संचालनमा छ । अन्यमा माइण्ड एण्ड बडी वेलनेश स्पा, वाईट रोज स्पा प्रा.लि.,लुक्सुरयस नेपाल स्पा, हेवेन स्पा एण्ड थेरापी, न्यू ओसियन स्पा रहेका छन् । तर, सबै स्पा एण्ड मसाज सेन्टरहरु संचालन भईरहेको भए तापनि मादण्ड अनुसार संचालन भए नभएको महानगरपालिकाले अनुगमन नगरेको पाईएको हो ।
यी सबै व्यवसाय भने वडा कार्यलयमा दर्ता भएका हुन् । तर, वडाले मापदण्ड नै नबनाई दर्ता गरीदिएको छ । महानगरपालिकाको अनुसार उक्त व्यवसायीहरु दर्ता गरीदिने निकायले नै मापदण्ड तोक्नु पर्ने हो । वडा कार्यलयहरुका अनुसार अन्य व्यावसाय जसरी प्रक्रियामा गएर दर्ता गरिएको छ । तर कुनै पनि व्यवसाय दर्ता गर्दा मापदण्ड तोक्नु पर्ने हुन्छ ।
स्पा तथा मसाज सेन्टर संचालन गर्दा इजाजतपत्र र दर्ता अनिवार्य हुनुपर्ने, सफा र सुरक्षित स्थानमा स्थापना गरिएको हुनुपर्ने,पर्याप्त उज्यालो र भेन्टिलेसनको व्यवस्था हुनुपर्ने,आपतकालीन निकासको व्यवस्था हुनुपर्ने हुन्छ । यस व्यवसायमा रहेका कर्मचारीको योग्यतामा सबै थेरापिस्टहरुको मान्यता प्राप्त तालिम हुनुपर्ने हुन्छ। साथै, स्वास्थ्य र सुरक्षा प्रमाणपत्र आवश्यक पर्ने, प्राथमिक उपचारमा तालिम प्राप्त हुनुपर्ने हो । यस्तै सरसफाईमा नियमित सफाई र किटाणुशोधन सफा तौलिया र तन्ना हुनुपर्ने, व्यक्तिगत सरसफाईको पालना गनुपर्ने । सफा शौचालय र स्नानघरको सुविधा हुनुपर्छ ।
उक्त व्यवसायमा सेवाहरुको स्पष्ट जानकारी र मूल्य सूची ग्राहकले देख्ने स्थानमा राख्नुपर्छ । ग्राहकको गोपनीयता नीतिको पालना लगायतका मापदण्ड अनुसार मात्र स्पा र मसाज सेन्टर संचालन हुनुपर्ने हो । नेपालकै कतिपय स्थानमा रहेका स्पा एण्ड मसाज सेन्टरमा अवैध यौनजन्य क्रियाकलाप भईरहेको भन्ने तथ्याङक समेत बाहिरीरहेको छ । विराटनगरमा पछिल्ला समय निरन्तर रुपमा स्पा तथा मसाज सेन्टर नामक व्यवसाय निरन्तर संचालनमा छन् ।
तर, अनुगमन कसले गर्ने भन्नेमै अन्यौलता छ । भारतीय नागरिकलाई लक्षित गरी खोलिएका स्पा तथा मसाज सेन्टरहरुमा अनुगमन नहुँदा अवैध क्रियाकलाप भईरहेको छ की भन्ने चिन्ता विराटनगरमा सुन्न थालिएको छ । विराटनगरमा दैनिक भारतीय नागरिक आउनेजाने गरिरहेका छन् । यस्तोमा यस प्रकारको व्यवसायमा समयमा अनुगमन गर्न आवश्यक हुन्छ । र, अवस्थामा सम्वधित निकायले उचित मापदण्ड राखी अनुगमन गर्नुपर्ने हो । विराटनगरका विभिन्न व्यवसायको बजार अनुगमन गरिरहेका महानगरका नगर प्रहरी प्रमुख राजन पौडेलले यो प्रकारको व्यवसाय अनुगमन गर्न कुनै योजना बनाईएको छैन । हाल अन्य विषयको व्यवसायहरुको तिब्र अनुगमन भइरहेको तर स्पा र मसाज सेन्टरको लागु अनुगमन गर्ने जिम्मेवारी अहिले नआएको बताएका छन् ।