तस्करीपछि भण्डारण गरेको औषधी र ल्याउँदै गरेको अटो पार्टस विराटनगरमा पक्राउ

<span class='c1'>तस्करीपछि भण्डारण गरेको औषधी र ल्याउँदै</span> <span class='c2'>गरेको अटो पार्टस विराटनगरमा पक्राउ</span>

विराटनगर । भारतबाट अवैध रुपमा मालवस्तु भित्र्याउनेहरु विराटनगरमै पक्राउ पर्दछन् । सीमा क्षेत्रबाट तस्करीका सामान लिएर बजारसम्म आउँदा नियन्त्रण गर्नुपर्ने निकाय मौन रहँदा बजार क्षेत्रमा नेपाल प्रहरीले पक्राउ गर्ने गरेको हो ।

तस्करीका सामान ल्याउँदै गर्ने क्रम मात्रै नभई ल्याएर भण्डारण गरेको सामान समेत बरामद गरिएको छ । प्रहरीले बुधबार विराटनगर ११ बाट भारतीय नम्बर प्लेट बीआर३८एजी ६४२३ नम्बरको मोटरसाइकल र बीआर ३८ जे ९२८८ नम्बरको स्कुटरमा ल्याएको एकसय थान मोटर्स पार्टस बरामद गरेको छ । प्लाष्टिकको बोरामा प्याक गरेको अवस्थामा मोटर्स पार्टस एसएल रहेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिइएको हो । उक्त मोटर पार्टसको मूल्य ४० हजार बराबर रहेको प्रहरीले जानकारी दिइएको छ । बरामद सामान आवश्यक अनुसन्धानका लागि भन्सार कार्यालय रानीमा बुझाइएको छ ।

यसैगरी मंगलबार विराटनगर बरगाछीस्थित रन्जित साहको घरबाट बिलबिजक नभएको अवैध औषधी बरामद भएको थियो । ६ लाख ५५ हजार मूल्य बराबरको ६५५ बट्टा पाकमटो नामक औषधी लुकाईछिपाइ राखिएको अवस्थामा बरामद गरेर भन्सार कार्यालय रानीमा बुझाइएको प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्