विराटनगरको ह्यापी आवर हेभनमा नेपाली कफीको नि:शुल्क टेस्टिङ हुँदै

<span class='c1'>विराटनगरको ह्यापी आवर हेभनमा नेपाली</span> <span class='c2'>कफीको नि:शुल्क टेस्टिङ हुँदै</span>

विराटनगर । विराटनगरको प्रख्यात ह्यापी आवर हेभन रेष्टुरेन्टमा शनिबार विभिन्न नेपाली कफीको प्रदर्शनी तथा नि:शुल्क टेस्टिङ कार्यक्रम आयोजना गरिँदै छ।

नेपाली कफीको प्रवर्धनको उद्देश्यले आयोजना गरिएको यो कार्यक्रमले स्वदेशी उत्पादन प्रति जनचासो बढाउने लक्ष्य राखेको छ।

वेककप कफिसँगको सहकार्यमा हुन लागेको उक्त कार्यक्रममा सहभागीहरूले नेपालमा उत्पादित विभिन्न स्वाद र प्रकारका कफी टेस्ट गर्न पाउने छन्। कफी पारखी तथा नयाँ स्वाद खोज्नेका लागि यो कार्यक्रम उत्कृष्ट अवसर हुनेछ।

कार्यक्रम आयोजकका अनुसार, नेपाली कफीको गुणस्तर र विविधता विश्वस्तरमै उत्कृष्ट रहेको छ र यसको उपभोगलाई प्रोत्साहन दिन यस किसिमका कार्यक्रमहरूले महत्त्वपूर्ण भूमिका खेल्नेछ।

माघ ५ गते शनिबार हुने यो कार्यक्रम बिहान ८ बजेदेखि सुरु भई दिनभर सञ्चालन हुनेछ। आयोजकले उपस्थित सबैलाई नि:शुल्क कफी टेस्टिङमा सहभागी भएर नेपाली कफीको विशेषता अनुभव गर्न आग्रह गरेका छन्।

ह्यापी आवर हेभन रेष्टुरेन्ट तथा वेककप कफीको यो सहकार्यले कफी पारखीमाझ नयाँ उत्साह ल्याउने विश्वास गरिएको छ। कार्यक्रमबारे थप जानकारीका लागि रेष्टुरेन्टको सामाजिक सञ्जाल पृष्ठहरूमा सम्पर्क गर्न सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्