आईटी उद्योगको विस्तारका लागि लगानी सहजीकरण गर्ने चेम्बरको तयारी

<span class='c1'>आईटी उद्योगको विस्तारका लागि लगानी</span> <span class='c2'>सहजीकरण गर्ने चेम्बरको तयारी</span>

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आईटी उद्योगको विस्तारका लागि लगानी सहजीकरण गर्ने गर्ने भएको छ ।

सरकारले अध्यादेश मार्फत लगानी सहजीकरण गरेपछि चेम्बरले आईटी उद्योगमा लगानी एवं अन्तराष्ट्रिय बजारमा सहजीकरण गर्नेगरी रणनीतिक लक्ष्य तय गरेको हो ।

आईटी, सफट्वेर एण्ड टेक्नोलोजी समिति मार्फत चेम्बरले आईटी उद्योगमा लगानीको खोजी एवं उद्यमशिलता विकासका लागि पहल गर्नेछ । चेम्बरले यसका लागि आईटी उद्यमीहरुसंग एकचरण छलफल समेत गरिसकेको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालमा आर्थिक विकास र समृद्धिका लागी आईटी उद्योगको सम्भावना उच्च भएकाले लगानीका लागि सहजीकरण गर्न लागिएको बताए ।

उनले भने, ‘नेपालमा विदेशी मुद्रा आर्जन गर्ने महत्वपुर्ण श्रोत अव आइटी उद्योग हो, सरकारले पनि आगामी १ दशकमा वार्षिक ३० खर्व भित्र्याउने लक्ष्य सहित कार्ययोजना तय गरेको छ । सूचना प्रविधी उद्योगको विकासका लागि लगानी जुटाउने देखि अन्तराष्ट्रिय बजारमा चेम्बरले सहजीकरण गर्नेछ, ।’
सर्वसाधरणको लगानी जुटाएर आईटी उद्योगको स्थापना गर्न सकिने अध्यक्ष अग्रवालको भनाई छ । अन्तराष्ट्रिय आईटी उद्योगका लागि नेपालको जनशक्ति तुलनात्मक रुपमा केही सस्तो पर्न जाने भएकाले पनि उपयुक्त अवसरको खोजी गरिनुपर्ने उनले बताए ।

नेपालका युवाहरुलाई आईटी उद्योगमा सहभागी गराउन नीतिगत सहजीकरण गर्न चेम्बरले भूमिका निर्वाह गर्ने समेत अध्यक्ष अग्रवालले बताए । चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले पब्लिक प्राइभेट पार्टनरशिपको अवधारणामा कम्पनी खडा गरेर आइटी उद्योगको विकासमा लाग्नुपर्ने बताए ।
अन्तराष्ट्रिय ठूला ठूला कम्पनीको व्याकअपका रुपमा स्वदेशमै बसेर काम गर्न सकिने निर्वतमान अध्यक्ष मल्लको भनाई छ । चेम्बरको आइटी सफ्टवेयर एण्ड टेक्नोलोजी कमिटीका सभापति विज्ञान श्रेष्ठले आईटी उद्योगको विकास र विस्तारका लागि सरकार र निजीक्षेत्रबीच सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । युवाहरुको नवप्रर्वद्धन आईडीया र सोँचलाई सार्थक बनाउन लगानीको पहुँच वृद्धि गरिनुपर्नेमा जोड श्रेष्ठले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्