विराटनगरको एभरेष्ट स्कुलमा प्राथमिक उपचार सम्बन्धि तालिम सम्पन्न

<span class='c1'>विराटनगरको एभरेष्ट स्कुलमा प्राथमिक</span> <span class='c2'>उपचार सम्बन्धि तालिम सम्पन्न</span>

विराटनगर। विराटनगर-५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलमा विद्यार्थीहरुका लागि एकदिने प्राथमिक उपचार तालिम सम्पन्न भएको छ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कोशी प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगरको सहकार्यमा आयोजित उक्त तालिममा विद्यार्थीहरुलाई आकस्मिक स्वास्थ्य समस्याको सामना गर्न सक्षम बनाउने उद्देश्य राखिएको थियो।

तालिम केन्द्रका अनुभवी प्रशिक्षक अमिर कुमार कार्कीले तालिममा सहभागी विद्यार्थीहरुलाई सिपिआर, नाकबाट रगत बग्दा, खुट्टा भाँचिदा वा मर्किदा र सामान्य चोटपटक लाग्दा गर्नुपर्ने लगायत प्राथमिक उपचारका बारेमा व्यावहारिक ज्ञान प्रदान गरेका थिए। उनले विद्यार्थीहरुलाई आपतकालीन अवस्थामा तत्काल गर्न सकिने उपचारका विधिहरु प्रयोगात्मक अभ्यास मार्फत सिकाएका थिए।

कार्यक्रमको समापनमा सहभागी विद्यार्थीहरुले प्राप्त ज्ञान र सीपको प्रयोग गरी आवश्यक परेको बेला सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्