खेलकुद महासंघ मोरङको अध्यक्षमा शितल राय

<span class='c1'>खेलकुद महासंघ मोरङको</span> <span class='c2'>अध्यक्षमा शितल राय</span>

विराटनगर । नेपाल खेलकुद महासंघ मोरङ जिल्ला कमिटीको अध्यक्षमा शितल राय निर्वाचित हुनुभएको छ ।

शनिबार विराटनगरस्थित एमाले पार्टी कार्यालयमा सम्पन्न महासंघको दोस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा राय निर्विरोध निर्वाचित हुनुभएको हो।

२९ सदस्यीय जिल्ला कमिटीको उपाध्यक्षमा प्रभाकर रानामगर ( रिक्की ) र नविन थापा , सचिवमा सागर केसी , सहसचिवमा इन्दु बाँस्कोटा र मेनका ठाकुर र कोषाध्यक्षमा करुणा दाहाल निर्वाचित हुनुभएको महासंघ स्थायी कमिटी सदस्य रोहित कोइरालाले जानकारी दिनुभयो।

दोस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले महासंघले पछिल्लो समय खेल क्षेत्रलाई गतिशील बनाउन देशैभरि खेलकुद प्रतियोगिताको आयोजन तथा रचनात्मक गतिविधि गरिरहेको बताउनुभएको थियो।

कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव समेत रहनु भएको बस्नेतले खेल गति नै खेलाडीको प्रगति भन्ने मूल नारालाई अनुसरण गर्दै महासंघले खेलाडीले खेल खेलेरै जीवनयापन गर्न सक्ने गरि नीति निर्माण गर्न पहल गरिरहेको प्रष्ट पार्नु भएको थियो।

त्यस्तै , अधिवेशनमा बोल्दै नेकपा एमाले स्थायी कमिटी सदस्य तथा जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकालले खेलकुद महासंघ एमालेको सबै भन्दा सक्रिय जनसंगठन रहेको भन्दै प्रशंसा समेत गर्नु भएको थियो।

अधिवेशनमा एमाले केन्द्रीय कमिटी सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरे , मोरङ अध्यक्ष बाबुराम कार्की लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्