विराट नर्सिङ होमले भित्र्यायो विशिष्ट न्युरोसर्जन

<span class='c1'>विराट नर्सिङ होमले</span> <span class='c2'>भित्र्यायो विशिष्ट न्युरोसर्जन</span>

विराटनगर । विराटनगरको विराट नर्सिङ होमले विशिष्ट न्युरोसर्जन तथा न्युरो इन्टरभेन्सनलिस्ट डा. मोहन कार्कीलाई आफ्नो टिममा भित्र्याएको छ। माघ ७ गतेदेखि कार्यरत डा. कार्कीको औपचारिक स्वागत नर्सिङ होमका प्रमुख कार्यकारी अधिकृत (सीइओ) डा. निकिता कार्कीले खादा तथा मालाले सम्मान गरेका हुन् ।

नर्सिङ होमका सीइओ डा. कार्कीले भने - "हाम्रो संस्थाले सधैं उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न प्रतिबद्ध रहँदै आएको छ। डा. मोहन कार्की जस्ता अनुभवी र दक्ष न्युरोसर्जनको आगमनले हाम्रो न्युरोकेयर सेवाको गुणस्तरलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास लिएका छौं।"

पूर्वी नेपालमा अग्रणी स्वास्थ्य संस्थाको रूपमा स्थापित विराट नर्सिङ होमले डा. कार्कीको विशेषज्ञ सेवाबाट यस क्षेत्रका बिरामीहरूले थप लाभान्वित हुने अपेक्षा गरेको छ। यसले विशेषगरी न्युरोलोजिकल समस्या भएका बिरामीहरूलाई उच्चस्तरीय उपचार सेवा स्थानीय स्तरमै प्राप्त गर्न सहज हुने विश्वास गरिएको छ।

विराट नर्सिङ होमले विगत केही वर्षदेखि आफ्नो सेवा विस्तारको क्रममा विभिन्न विधाका विशेषज्ञ चिकित्सकहरूलाई नियुक्त गर्दै आएको छ। डा. कार्कीको नियुक्तिले संस्थाको सेवा क्षमतामा थप वृद्धि हुनुका साथै क्षेत्रीय स्तरमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच बढ्ने अपेक्षा गरिएको छ। यसले पूर्वी नेपालका बासिन्दाहरूलाई न्युरोसर्जरी सम्बन्धी उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्