सरकार मुलुकमा शान्ति सुरक्षा कायम राख्न दृढ : गृहमन्त्री लेखक

<span class='c1'>सरकार मुलुकमा शान्ति सुरक्षा कायम</span> <span class='c2'>राख्न दृढ : गृहमन्त्री लेखक</span>

विराटनगर । गृहमन्त्री रमेश लेखकले सरकार मुलुकमा पूर्णरुपमा शान्ति सुरक्षा कायम राख्न दृढ रहेको बताउनुभएको छ ।

आज(सोमबार)विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले अपराधजन्य काममा संलग्नलाई कानुन बमोजिम कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गृहमन्त्री लेखकले लोकतन्त्रमा पेशागत स्वतन्त्रता हुने भएकाले बहस गरेको कारण वकिल, इलाज गरेका कारण चिकित्सकलाई कुटपिट गरिनु कुनै हालतले सह्य नहुने र कुटपिटमा संलग्नलाई कानुनअनुसार कारबाही गरिने बताउनुभयो ।

उहाँले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापालाई केही दिन अगाडि झापामा भएको कुटपिटको घटनाको निन्दा गर्दै दोषीमाथि छानविन गरी कारवाही गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

गृहमन्त्री लेखकले मुलुकमा आर्थिक र व्यावसायिक चलायमान गर्न, विदेशी लगानी भित्र्याउन, सुशासन र पारदर्शिता कायम राख्न, प्रशासन र सार्वजनिक सेवालाई चुस्त एवं दुरुस्त बनाउन सरकारले केही अध्यादेश ल्याएको स्पष्ट पार्नुभयो । उहाँले संविधान संशोधनको छलफल प्रारम्भ भएको बताउँदै संशोधनका विषयवस्तुको पहिचान गर्ने, संविधानको सवल र दुर्बल पक्ष पहिचान गरी राजनीतिकदलसँग छलफल एवं सहमति कायम गरी संशोधनको वैधानिक प्रक्रियामा अगाडि बढ्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्