मधेश प्रदेशका स्वास्थ्यमन्त्री चढेको गाडी दुर्घटना

<span class='c1'>मधेश प्रदेशका स्वास्थ्यमन्त्री</span> <span class='c2'>चढेको गाडी दुर्घटना</span>

जनकपुरधाम । मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन सिंह सवारी दुर्घटनामा परी घाइते भएका छन् ।

सिंह सवार गाडी सोमबार बेलुकी जनकपुरमा दुर्घटनामा परेको हो।

मधेश प्रदेश राजधानी समेत रहेको जनकपुरधामको रामानन्द चोकमा मन्त्री सिंह सवार मधेश प्रदेश ०२– ००१ झ ०१६५ नम्बरको गाडी दुर्घटनामा परेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले बताए । उनका अनुसार मन्त्री सिंह सवार गाडीलाई खानेपानी डिभिजन पर्साको मधेश प्र ०३–००१ झ ००९६ गाडीले गाडीले ठक्कर दिएको थियो ।

मन्त्रीको गाडी पिडारी चोकबाट रामानन्द चोकमा रहेको निवासतर्फ जाँदै गरेकको अवस्थामा सोही दिशामा आउदै गरेको अर्काे गाडीले ठक्कर दिएको डिएसपी सिंहले जानकारी दिए । दुर्घटनामा मन्त्रीसँगै दुवै गाडीका चालकसमेत घाइते भएको जिल्ला प्रहरी कार्यलय धनुषाले जनाएको छ । उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । गाडी कसरी ठोक्कियो त्यसबारे अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्