ज्याम्बोरेट २०२५: विराटनगरमा तीन हजार स्काउटको भेला हुँदै

<span class='c1'>ज्याम्बोरेट २०२५: विराटनगरमा तीन</span> <span class='c2'>हजार स्काउटको भेला हुँदै</span>

विराटनगर । विराटनगरमा आगामी माघ २५ देखि २८ गतेसम्म कोशी प्रदेशस्तरीय ज्याम्बोरेट-२०२५ आयोजना हुने भएको छ । डिग्री क्याम्पसको मैदानमा हुने यस भेलामा कोशी प्रदेशका २५ हजार स्काउट सदस्यमध्येबाट छनोट भएका तीन हजार स्काउटर सहभागी हुने छन् ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा नेपाल स्काउट कोशी प्रदेशका प्रमुख आयुक्त हेमन्त भण्डारीले ११ देखि १६ वर्ष उमेर समूहका स्काउटरहरूको सहभागिता रहने जानकारी दिए । प्रदेशस्तरमा हालसम्मकै सबैभन्दा ठूलो यस ज्याम्बोरेटमा विभिन्न साहसिक, मनोरञ्जनात्मक र बौद्धिक क्रियाकलापहरू सञ्चालन गरिने छन् ।

कार्यक्रममा सुपरम्यान जम्प, टावर क्लाम्बिङ, ओमेगा जम्प, रूख चढ्ने, अप क्लाम्बिङ, मङ्की ब्रिज, टायर वाल, टायर टनेल, कमाण्डो ब्रिज, ट्रि क्रसिङ र प्यारालल रोप जस्ता साहसिक गतिविधिहरू हुनेछन् । त्यसैगरी फेस पेन्टिङ, थ्रेड आर्ट, आर्चरी र पेपर क्राफ्ट जस्ता मनोरञ्जनात्मक गतिविधिका साथै चित्रकला, पायोनरिङ र साँस्कृतिक कार्यक्रम तथा मार्चपास प्रतियोगिता पनि आयोजना गरिने छ ।

नेपाल स्काउटका केन्द्रीय सहप्रमुख आयुक्त किरण गिरीले स्काउटरहरूलाई पूर्ण सुरक्षित वातावरणमा कार्यक्रम सञ्चालन गरिने बताए । कोशी प्रदेशमा हालसम्म ६० वटा स्थानीय तहमा स्काउट विस्तार भइसकेको छ । सहभागी स्काउटरहरूले आफ्नो लागि आवश्यक सामग्री आफैं लिएर आउनुपर्ने र सम्बन्धित स्थानीय पालिकाले आवश्यक सहयोग गर्ने नेपाल स्काउट विराटनगर महानगरपालिकाका प्रमुख आयुक्त नवीन पहाडीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्