सुन्दरहरैँचामा हात्तीको आक्रमणबाट एक महिनामा गयाे तीन जनाकाे ज्यान : जिउ धनकाे सुरक्षा गर्न माग

<span class='c1'>सुन्दरहरैँचामा हात्तीको आक्रमणबाट एक महिनामा गयाे तीन जनाकाे</span> <span class='c2'>ज्यान : जिउ धनकाे सुरक्षा गर्न माग</span>

मणिराम दाहाल
सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैंचा नगरपालिका  ८ स्थित जंगली  हात्तीपीडित नागरिकले सर्वसाधारणको जीउधनकाे सुरक्षाकाे माग गर्दै सब डिभिजन बन कार्यालय सलकपुर मार्फत  ज्ञापनपत्र बुझाएका छन् ।

   हात्तीबाट त्रसित हुनुपरेकाे भन्दै  वन तथा वातावरण मन्त्रालयलाई जंगली हात्ती नियन्त्रण गर्न यहाँका पिडित नागरिकद्वारा ज्ञापनपत्र बुझाएकाे स्थानीय शिक्षासेवी टिकाराम ढकालले बताए । सुन्दरहरैंचाकाे उत्तरीक्षेत्रमा विगत लामो समय देखि  हात्ती गाउँवस्तीमा पसी भाैतिक तथा  मानविय क्षती गरेकाे , दर्जनाै  घरहरू भत्काएको तथा बालीनालीमा हानी  पुर्याएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

  ज्ञापनपत्रमा भनिएको छ 'यस क्षेत्रका आम नागरिक हात्तीको त्रासबाट निदाउन सकिरहेका छैनन् त्यसैले नागरिकको जिउ धनको सुरक्षाका लागि आवश्यक उपाय अपनाउन आग्रह गर्दछौ।' समयमै प्रत्यक्ष्य अनुभूति हुने काम नभए आन्दोलनमा उत्रने चेतावनी  दिएका छन्।

   झापा, मोरङ र सुनसरीमा वस्ती आसपास पुगेर जंगली हात्तीले मानवीय तथा भौतिक क्षति गरिरहेको  सव डिजिजन वन कार्यालय माेरङले जनाएको छ । केही समय देखि नियमितजस्तै देखापर्ने जंगली हात्तीले वितण्डा मच्चाइ रहँदा सर्वसाधारण त्रसित एवं भयभीत भइरहेकाे सुन्दरहरैँचा पत्रकार समूहका अध्यक्ष बाबुराम निराैलाले बताए ।

   जंगलबाट आहाराकाे खाेजीमा मानव वस्ति निस्कने हात्तीको बथानले सर्वसाधारणको घर भत्काइदिने देखि लिएर बालीनाली खाने र मान्छे मार्नेसम्मको वितण्डा मच्चाइरहेको प्रहरीले जनाएको छ। जंगल क्षेत्रमा हात्तीको आवतजावत बाक्लो भएकाले एक्लै हिँडडुल नगर्न, सचेत हुन र हात्तीबाट सुरक्षित रहन अनुराेध गरिएको सव डिभिजन वन कार्यालय सलकपुरका प्रमुख गाेपाल दाहालले बताए ।

करिव एक महिनाको अवधिमा सुन्दरहरैँचामा जंगली हात्तीको आक्रमणबाट ३ जानाकाे ज्यान गाेइसकेकाे छ । सुन्दरहरैँचा–५ गुरुङ टोलका ६१ वर्षीया चन्द्रकुमारी लिम्बू,सुन्दरहरैँचा–७ स्थित सामुदायिक वनमा दाउरा खोज्न गएका बेला ४० वर्षीया गङ्गा श्रेष्ठ तथा सुन्दरहरैचा नगरपालिका– ८ भृकुटी टोल बस्ने ७१ वर्षीय हरिप्रसाद घिमिरेले हात्तीको आक्रमणबाट ज्यान गुमाईसकेकाे जिल्ला प्रहरी कार्यालय माेरङका प्र.ना.उ. वेदप्रकाश जोशीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्