हुस्सुका कारण विराटनगर विमानस्थलको उडान प्रभावित

<span class='c1'>हुस्सुका कारण विराटनगर</span> <span class='c2'>विमानस्थलको उडान प्रभावित</span>

विराटनगर । तराई भेगका अधिकांश विमानस्थलमा बाक्लो हुस्सु लागेका कारण नागरिक उड्डयन क्षेत्र प्रभावित भएको छ ।

बाक्लो हुस्सु कारण विराटनगर विमानस्थलबाट आज (बुधबार) उडान अवतरण प्रभावित बनेको हो ।

प्रतिकूल मौसमका कारण बुधबार बिहानैदेखि जहाज उडान र अवतरण हुन नसकेको हो । विराटनगर विमानस्थलका प्रमुख सुवास झा अनुसार बुधाबर बिहानदेखि लागेको हुस्सुका कारण भिजिविलिटि कम भएकोले विमान उडान अवतरण नभएको हो। मंगलबार ६ वटा उडान भएको विराटनगर विमानस्थलले जनाएको छ।

आज कुनै पनि उडानहरु भएका छैनन्। बाक्लो कुहिरो लाग्ने गरेकाले भिजिविलिटी कमजोर रहेको जनाइएको छ ।

बिमानस्थलका प्रमुख झाका अनुसार बुद्ध एयर, यति एयर र श्री एयरलाइन्स कुनै विमानले पनि उडान भरेको छैन । उडान र अवतरणका लागि १ हजार ६ सय मिटर भिजिबिलिटी र २ हजार मिटर सिलिङ चाहिने हुन्छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भने आन्तरिक र बाह्य उडान नियमित रुपमा सञ्चालन भईरहेका छन् ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्