विराटनगरमा टेस्टी–टेस्टी हाजिरीजवाफ सुरु

<span class='c1'>विराटनगरमा टेस्टी–टेस्टी</span> <span class='c2'>हाजिरीजवाफ सुरु</span>

विराटनगर । विराटनगर जुनियर जेसिजले २९ औं संस्करणको टेस्टी टेस्टी हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम बुधबारदेखि सुरु भएको छ ।

उक्त प्रतियोगिता शुक्रबारसम्म विराटनगर हाटखोला स्थित गुरुकुलमा सञ्चालन हुने भएको हो ।

उक्त हाजिरीजवाफमा कुल १८ विद्यालय सहभागी हुने र पहिलो दिन ६ विद्यालय सहभागी भएका छन् । विजेता र उपविजेता विद्यालय अन्तिम चरणमा प्रवेश गर्नेछन् भने दोस्रो दिनको प्रतियोगितामा पहिलो चरणमा ६ वटा विद्यालय सहभागी हुने र दोस्रो चरणमा सोही दिन ६ वटा विद्यालय सहभागी हुने र दुवै चरणको विजेता र उपबिजेता तेस्रो दिन फाइनलमा प्रवेश गर्ने छन् ।

सो प्रतियोगिताको प्रथम पुरस्कार १५ हजार, द्वितीय पुरस्कार १० हजार र तेस्रो पुरस्कार ५ हजार रहेको जुनियर जेसिजले पत्रकार सम्मेलन आयोजना गरि जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका डिन डा सन्देशदास श्रेष्ठ, विराटनगर जुनियर जेसिजका अध्यक्ष गौरव कर्ण, विराटनगर जेसिजका अध्यक्ष प्रीतेशराज दाहाल र कार्यक्रम संयोजक आदित्य कोइरालाले हाजिरीजवाफ प्रतियोगिताका बारेमा पत्रकारले सोधेका प्रश्नहरुको जवाफ दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्