एनआरएनहरुलाई भिसा दिने प्रावधान गलत : सांसद गिरी

<span class='c1'>एनआरएनहरुलाई भिसा दिने प्रावधान</span> <span class='c2'>गलत : सांसद गिरी</span>

काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले गैरआवासीय नेपाली संघ(एनआरएन)हरुलाई निःशुल्क भिसा दिने प्रावधान गलत रहेको भन्दै सरकारले त्यसलाई सच्याउनुपर्ने जनाएका छन् ।

राजधानीमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस केन्द्रीय सदस्य पनि रहेका गिरीले नेपालको संविधानले नै एनआरएन नागरिकता सुनिश्चित गरिसकेपछि एनआरएनहरुलाई आफ्नै मातृभूमि आउँदा भिसा लगाउनुपर्ने प्रावधान संविधानको मर्म विपरित रहेको बताएका हुन् ।

उनले त्यस्तो प्रावधान संशोधन गर्नुपर्ने पनि जनाए । संसारभर रहेका एनआरएनए नेताहरुले सरकारद्वारा हालै जारी अध्यादेशमा गैरआवासीय संघले नेपाली नागरिकता लिइसकेका एनआरएनहरुलाई दस वर्ष निशुल्क भिसा दिने प्रावधानको विरोध गरिरहेका छन् ।

एक प्रश्नको जवाफमा पूर्वमन्त्री गिरीले सरकारको काम सुस्त रहेको बताए । यद्यपि उनले सरकारलाई काम गर्न दिनुपर्ने जनाउँदै पटक पटक सरकार बदल्दा देशमा राजनीतिक अस्थिरता हुने पनि जनाए । उनले रवि लामिछानेको बारेमा अदालतमा मुद्दा विचाराधीन रहेकाले थप टिप्पणी गर्न नचाहेको बताए । ‘सबै सहकारी पीडितहरुले न्याय पाउनु पर्छ । उनीहरुले आफुले बचत गरेको रकम फिर्ता पाउनुपर्छ । यसमा सरकारले खुट्टा कमाउनु हुँदैन । जुनसुकै पार्टीको भए पनि छुट पाउनु हुँदैन,’ गिरीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्